‘अर्ध’मा रुबीना अनुबन्धित « Khabarhub

‘अर्ध’मा रुबीना अनुबन्धित


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– टेलिभिजन रियालिटी शो ‘बिग बोस १४’ की विजेता तथा टेलिभिजन अभिनेत्री रुबीना दिलैक चाँडै नै ठूलो पर्दामा देखिँदैछिन् । आफ्नो अभिनयका कारण सानो पर्दामा चर्चा पाइरहेकी यी अभिनेत्री बलिउड फिल्ममा पहिलोपटक पाइला चाल्न लागेकी हुन् ।

संगीतकार पलाश मुच्छलले आफ्नो फिल्म ‘अर्ध’का लागि रुबीनालाई अभिनेत्रीका रुपमा अनुबन्धित गरिसकेका छन् । पलाशको यो निर्देशनमा पहिलो फिल्म हुनेछ । फिल्ममा हितेन तेजवानी र राजपाल यादवको पनि अभिनय रहनेछ । फिल्म सेप्टेम्बर २०२१ बाट फ्लोरमा जानेछ ।

रुबीनाले सन् २००८ मा टेलिभिजन शो ‘छोटी बहु’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । यसबाहेक उनले ‘सास बिना ससुराल’, ‘जिनी और जूजू’, ‘देवों के देव महादेव’ और ‘पुनर्विवाह– एक नई उम्मीद’ जस्ता टेलिभिजन शोमा अभिनय गरिन् ।

तर उनले लोकप्रियता ‘बिग बोस १४’बाट पाइन् ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  २ : ०० बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको