फिल्ममा जो आफैं स्टण्ट दिन्छन् « Khabarhub

फिल्ममा जो आफैं स्टण्ट दिन्छन्


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका दर्शक एक्सन फिल्म हेर्न निकै रुचाउछन् । एक्सन फिल्ममा दर्शकको क्रेज अन्य फिल्म भन्दा बढी छ । कैयौं फिल्ममा यस्तो धमाकेदार स्टण्ट हुन्छन्, जसलाई हेर्दा जोकोही प्रशंसक पनि दंग पर्छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जो आफै स्टण्ट गर्न रुचाउछन् ।

बलिउडमा एक्सन र स्टण्टको कुरा आउँदा अभिनेता अक्षय कुमारको नाम छुट्दैन । बलिउडमा अक्षय खिलाडी कुमारका रुपमा चिनिन्छन् । उनले बलिउडमा कैयौं सुपरहिट एक्सन फिल्म दिएका छन् । अक्षय मार्शल आर्ट विज्ञ हुन् । त्यहीकारण उनी अधिकांश फिल्ममा आफैं स्टण्ट दिन्छन् ।

अभिनेता शाहरुख खानलाई बलिउडको रोमान्स किङ मानिन्छन् । तर उनी फिल्ममा एक्सन दृश्य आफैं गर्न रुचाउछन् । उनले फिल्म ‘दिलवाले’ र ‘ह्याप्पी न्यू इयर’मा आफैं स्टण्ट सिन दिएका थिए । फिल्म ‘रइस’को एक दृश्यमा बिना कसैको सहयोग नै उनले स्टण्ट दिएका थिए ।

अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो फिल्मी करियर सुरुवात भलै सोझी युवतीको भूमिकामा अभिनेता सलमान खानको फिल्म ‘दबंग’बाट गरे पनि उनले आफ्नो करियरमा विभिन्न चरित्र निभाएकी छन् । उनले फिल्म ‘फोर्स २’ र ‘अकीरा’मा आफैं स्टण्ट दिएकी छन् ।

टाइगर श्राफ बलिउडका त्यस्ता अभिनेता हुन्, जसले आफ्नो मार्शल आर्टसको कलाद्वारा बालबालिकादेखि वृद्धवृद्धा फ्यानमाझ आफ्नो पहिचान बनाएका छन् । अधिकांश एक्सन फिल्ममा देखिने यी अभिनेताले आफैं स्टण्ट दिने गर्दछन् । ‘हीरोपन्ती’ देखि लिएर ‘फ्लाइङ जेट’हुँदै ‘बागी’सम्म आइपुग्दा अधिकांश एक्सन दृश्यमा उनको रियल स्टण्ट हेर्न पाइन्छ ।

अभिनेत्री प्रियंका चोपडा फिल्ममा जोखिम मोल्न चाहने अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनी कुनै नयाँ काम गर्नु अघि डराउदिनन् । यही कारण उनले ‘मेरी कोम’ र ‘क्वान्टिको’ जस्ता फिल्ममा आफैं एक्सन स्टण्ट गरेकी छन् ।

बलिउडकी मस्तानी दीपिका पादुकोणले पनि आफ्ना कैयौं फिल्ममा स्टण्ट दिएकी छन् । ‘चाँदनी चोक टु चाइना’, ‘बाजीराव मस्तानी’ र ‘ट्रिपल एक्स’ जस्ता फिल्ममा उनको स्टण्ट हर्न पाइन्छ ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री रहिसकेकी तापसी पन्नुले छोटो समयमा नै बलिउडमा आफ्नो स्थान बनाएकी छने । उनले फिल्म ‘शबाना’का लागि जुडोको विशेष तालिम लिएकी थिइन् ।

अभिनेता टाइगर र अक्षयको जस्तै विद्युत जामवाल पनि बलिउडमा एक्सनका लागि लोकप्रिय छन् । मार्शल आर्टस्का अब्बल यी खेलाडीले फिल्म ‘कमाण्डो’ र ‘जंगल’मा आफ्नो स्टण्ट कला देखाएका छन् ।

एक्सन फिल्ममा रुचाइएका अर्का अभिनेतमा ऋतिक रोशन पनि पर्छन् । उनी बिना कसैको सहयोग स्टण्ट गर्न चाहन्छन् । उनले फिल्म ‘बैंग बैंग’मा आफै स्टण्ट दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ४ : १५ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६