कोरोना संक्रमित बढेपछि काठमाडौँ प्रशासनले थाल्यो अनुगमन (फोटोफिचर)  « Khabarhub

कोरोना संक्रमित बढेपछि काठमाडौँ प्रशासनले थाल्यो अनुगमन (फोटोफिचर) 



काठमाडौँ– उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए नभएको बारे अनुगमन गरेको हो ।

प्रशासनको टोलीले काठमाडौंको बबरमहलदेखि कलंकीसंम्म अनुगमन गरेको थियो । सार्वजनिक सवारी, पसल, रेष्टुरेन्ट लगायतका क्षेत्रमा अनुगमन गर्दा लापरवाही भएको देखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

अनुगमनका क्रममा ३६ जना भन्दा बढीलाई स्थलगत कारबाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको उनले बताए । उनले कोरोना महमारीलाई नियन्त्रण गर्नका लागी मास्कको प्रयोगलाई अनिवार्य गर्न अनुगमन गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले अब उपत्यकामा निरन्तर अनुगमन गरिने जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ६ : ३३ बजे

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की