कोरोना संक्रमित बढेपछि काठमाडौँ प्रशासनले थाल्यो अनुगमन (फोटोफिचर)  « Khabarhub

कोरोना संक्रमित बढेपछि काठमाडौँ प्रशासनले थाल्यो अनुगमन (फोटोफिचर) 



काठमाडौँ– उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

बिहीबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए नभएको बारे अनुगमन गरेको हो ।

प्रशासनको टोलीले काठमाडौंको बबरमहलदेखि कलंकीसंम्म अनुगमन गरेको थियो । सार्वजनिक सवारी, पसल, रेष्टुरेन्ट लगायतका क्षेत्रमा अनुगमन गर्दा लापरवाही भएको देखिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

अनुगमनका क्रममा ३६ जना भन्दा बढीलाई स्थलगत कारबाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको उनले बताए । उनले कोरोना महमारीलाई नियन्त्रण गर्नका लागी मास्कको प्रयोगलाई अनिवार्य गर्न अनुगमन गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले अब उपत्यकामा निरन्तर अनुगमन गरिने जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ६ : ३३ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ