गण्डकीमा कोरोना संक्रमित बढ्दै, भरिन थाले पोखराका सरकारी अस्पताल « Khabarhub

गण्डकीमा कोरोना संक्रमित बढ्दै, भरिन थाले पोखराका सरकारी अस्पताल



पोखरा– गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना संक्रमित बढ्दै गएका छन् । दिनप्रतिदिन संक्रमित बढ्दै जाँदा सरकारी अस्पताल भरिन थालेका छन् ।

कोरोना परीक्षणको ५० प्रतिशत भन्दा बढीलाई पोजेटिभ देखिएको कास्कीको बरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यले बताए । उनकाअनुसार दैनिक संक्रमण र मृत्यु दर बढिरहेको छ ।

विहीबार मात्रै कास्कीमा ३ सय ५२ जनाको परीक्षण गर्दा २ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेश राजधानी पोखरामा रहेको ५० शैयाको कोरोना विशेष अस्पतालमा बिरामीहरुलाई आइसीयू र भेन्टिलेटरकै अभाव हुन थालेको छ ।

कोरोना संक्रमितलाई लक्षित गर्दै पश्चिममाञ्चल क्षेत्रीय अस्पतालमा शुरु गरिएको अक्सिजन प्लान्ट जडान गर्ने काम अझै सकिएको छैन । अक्सिजन प्लान्ट जाडन गर्ने काम अन्तिम चरणमा पुगेको जनस्वास्थ्य अधिकृत आचार्यले जानकारी दिए ।

जिल्ला स्वास्थ्य प्रमुख आचार्यकाअनुसार पोखराकै संक्रामक रोग तथा सरुवा रोग अस्पतालमा उपकरणहरु जोड्ने काम भइरहेको छ ।

मनाङ र मुस्ताङबाहेक प्रदेशका ९ जिल्लामा संक्रमित बढ्दै गएका छन् । प्रदेशमै परीक्षणको ५० बढी संक्रमित भेटिएका छन् । प्र्रदेश स्वास्थ्य निर्देशनालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा १२ सय ६८ जनाको नमूना परीक्षण गर्दा ६ सय ५४ जनामा संक्रमण पुष्टी भएको छ ।

विहीबार तनहुँ जिल्लामा १ सय २ जनामा कोरोना पुष्टी हुँदा बाग्लुङ्मा ९७ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै, नवलपरासीपूर्व ६३, स्याङ्जामा ५८, गोरखामा ३९, पर्वतमा २२, म्याग्दीमा १२ र लमजुङ्मा ६ जनामा विहीबार कोरोना संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

कोभिशिल्डको दोस्रो डोज पाएनन्

विभिन्न देशहरुबाट कोरोना विरुद्धको खोप आउने क्रम जारी रहे पनि पहिलो खोप लगाएको महिनौं हुँदा पनि दोस्रो डोज खोप लगाउन अझै पाएका छैनन् ।

कास्कीमा कोरोना विरुद्धको कोभिशिल्ड खोप लगाएका ३२ हजार नागरिकले अझै दोस्रो डोज लगाउन पाएका छैनन् । कोभिशिल्ड खोप लगाएकालाई उनीहरुलाई दोस्रो डोज एक्स्ट्राजेनेका खोप लगाइने तयारी भइरहेको स्वास्थ्य प्रमुख आचार्यले बताए ।

भेरोसेल खोप लगाएका कतिपयले दोस्रो डोज लगाएर पूर्ण भइसक्दा कास्कीसहित प्रदेशका सबैजसो जिल्लामा महिनौं अघि कोभिशिल्ड खोप लगाएकाहरुले दोस्रो डोज पाएका छैनन् ।

पूर्वी नवलपरासीमा भने केही दिनअघिबाट कोभिशिल्ड लगाएका ्र्र६० वर्षमाथिकालाई एक्सट्राजेकेका खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

स्याङ्जामा आईसीयू नै छैन

प्रदेश सरकारले बालबालिकाको लागि मात्रै छुट्ट्रै आईसीयू स्थापना गर्ने भनिएको स्याङ्जा जिल्लामा अहिलेसम्म कुनै पनि आईसीयूको ब्यवस्था हुन सकेको छैन ।

आईसीयू र भेन्टिलेटरको अभाव हुँदा विरामीलाई पोखरा पठाउनु पर्ने बाध्यता रहेको स्याङजाकी जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्माले बताइन् । जिल्लामा ८ सय भन्दा बढी सक्रिय संक्रमित छन् । जिल्लामा १३ जना बाहेक सबै संक्रमितहरु होम आइसोलेशनमा रहेको शर्माले बताइन् ।

जिल्ला अस्पतालमा छिट्ट्रै नै पीआइसीयू सञ्चालन गर्ने भनी गरिएको टेन्डर आन्तरिक समस्याले गर्ने पुनः रिटेण्डर गर्नुपरेको जनस्वास्थ्य अधिकृत शर्माले जानकारी दिइन् ।

प्रदेश सरकारले म्याग्दी, पर्वत र स्याङ्जामा बालबालिकाका लागि छुट्टै आइसीयू स्थापना गर्ने निर्णय गरेको थियो । तीन जिल्लामा बच्चाको आइसीयू सञ्चालन गर्न संघीय सरकारले तीन–तीन करोड रुपैयाँ बजेटसमेत छुट्याएको छ ।

गत असारमा स्याङ्जाको कालीगण्डकीमा २ जनालाई कोरोनाको डेल्टा भेरिन्यन्ट नै पुष्टी भएको थियो । पालिकाको सक्रियताको कारण उक्त भेरियन्ट फैलिन नपाएको शर्माले बताइन् ।

शर्माकाअनुसार जिल्लाको पालिकाहरु वालिङ, पुतलीबजार, गल्याङ, चापाकोटमा कोरोना संक्रमित बढिरहेका छन् ।

बाग्लुङमा निषेधाज्ञामा कडाइ

कारोना संक्रमण दर बढ्दै गएपछि बाग्लुङ्मा पटक पटक थप गरिँदै आएको निषेधाज्ञालाई पछिल्लो पटक थप कडाइ गरिएको छ ।

विहीबारदेखि भदौं ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा लागू गर्ने भनी मंगलबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसि)को बैठकले निर्णय गरेको थियो ।

बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए । विहीबार मात्रै बाग्लुङमा ७ सय ८९ सक्रिय संक्रमित रहेको बाग्लुङमा विहीबार मात्रै ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट १ हजार १ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ७ : ५६ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान