जित हासिल गर्नका लागि मेलमिलाप गराउने व्यक्ति बन्नुस् « Khabarhub

जित हासिल गर्नका लागि मेलमिलाप गराउने व्यक्ति बन्नुस्


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि बोससित जुनियरको सम्बन्धमा कुनै गडबढी आयो भने तपाई जुनियरलाई सान्त्वना दिनुहोस्, खुसी तुल्याउनुहोस्, प्रोत्साहित गर्नुहोस् तथा प्रेरित गर्नुहोस् । बोससित अलग किसिमको व्यवहार गर्नुपर्दछ । सबैभन्दा राम्रो तरिका मौन तर मेलमिलापको काम हो— उसको लागि चिया बनाउनु, तर केही पनि नभन्नुहोस् । यसले तपाईं के संकेत दिइरहनुभएको छ भने तपाईंलाई त्यो घटना मन परेन । यसप्रकारको मामिलामा तपाईं ती भन्दा सिनियर सावित हुनुहुनेछ किनकि तपाईं कहिल्यै पनि यस्तो गल्ती गर्नुहुन्न । तपाईं यो संकेत पनि दिइरहनुभएको छ कि तपाईं उसको कुनै पनि क्रियाकलापले डराउनुहुन्न । तर शान्त रहनुहोस् ।

यदि तपाईं यसो ज्यादै राम्रो तरिकाले गर्नुहुन्छ भने उसले तपाईंलाई के सोध्न मजवुर हुन्छ भने उसको कसैलाई अनुशासित गर्ने व्यवहार कस्तो लाग्यो । बस भन्नुहोस्— म यसो कसरी भन्न सक्छु ? यसमा उसको जवाफ यस प्रकारको हुन्छ, म तिम्रो रायलाई महत्व दिन्छु, या दिँदिनँ, म जान्न चाहन्छु वा ठीक बताऊ कि तिमी के सोच्छौँ ? बोसले के भन्छ भन्ने कुराले केही फरक पर्दैन । तपाईंले उसलाई फसाइरहनुभएको छ ।

अब तपाईं मेलमिलाप गराउने व्यक्ति बन्न सक्नुहुन्छ । मेलमिलाप गराउनेको अर्थ केही हदसम्म बच्चाको लडाइँ समाप्त गराउनुजस्तै हो । तपाईं लडाइँ कसले शुरु गर्‍यो तथा यो के बारेमा हो भन्ने जान्न चाहनुहुन्न । तपाईं विस्तृत विवरण जान्न चाहनुहुन्न कि कसले कोसित कसरी लडाइँ गर्‍यो ? तपाईं केवल झगडा समाप्त भएको, शान्ति स्थापित भएको उसले हात मिलाएको तथा पुनः साथी भएको हेर्न चाहनुहुन्छ । अफिसमा पनि तपाईं यति चाहनुहुन्छ । तपाईं साना केटाकेटीसँग जुन तरिकाको प्रयोग गर्नुपर्छ, अफिसमा पनि त्यसको प्रयोग गर्नुहोस् ।

साभार  : तपाईंको जीतपुस्तकबाट

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ५ : ४५ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२