गृहको अध्ययन टोली हुम्लामा, ‘सीमा विवाद’ भएकै गाउँपालिका अध्यक्ष काठमाडौंमा « Khabarhub

गृहको अध्ययन टोली हुम्लामा, ‘सीमा विवाद’ भएकै गाउँपालिका अध्यक्ष काठमाडौंमा


२७ भदौ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले चिनियाँ पक्षले सीमा मिचेको भन्दै अध्ययन गर्न गठित गृह मन्त्रालयका सहसचिव नेतृत्वको उच्चस्तरीय टोली हुम्ला सदरमुकाम सिमिकोट पुग्दा नाम्चा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा भने काठमाडौंमा छन् ।

गृह मन्त्रालयका सहसचिव जयराज आचार्यको अध्ययन टोलीले नाम्चा गाउँपालिकाका-५ र ६ रहेका ‘विवादमा परेका’ ११ र १२ नम्बर पिलरसहित अध्ययन गरिँरहदा सोही गाउँपालिकाका अध्यक्ष लामा भने काठमाडौंमा छन् ।

‘गृह मन्त्रालयको टोलीले मलाई सहजीकरणका लागि अनुरोध गरेको थियो । तर हुँदै नभएको सीमा विवादमा पुनः अध्ययन गर्न जान मन लागेन,’ अध्यक्ष लामाले भने, ‘मैले पनि स्थलगत अध्ययन गरेको छु र सन् १९६२ मा भएको सम्झौता अनुसार पानी ढलोलाई आधार मान्दा कतै सीमा मिचिएको देखिँदैन ।’

अध्यक्ष लामाले सरकारी टोली हुम्ला गए पनि आवश्यक सहयोग गर्ने जनाए पनि असन्तुष्टी भने जाहेर गरेका छन् ।

सीमाजस्तो विषयमा सरकार फेरिए पिच्छे धारणा बनाउनु गलत हो, यसले कुटनीतिक क्षेत्रमा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘तत्कालीन प्रजिअको टोलीले स्थलगत अध्ययन गरी सिमा नमिचिएको प्रतिवेदन दिएकै आधारमा यसअघिको सरकारले धारणा प्रस्ट पारिसकेपछि फेरि किन अध्ययन समिति बनाएको हो ? मैले बुझन सकिएको छैन ।’

हुम्लामा फेरि सरकारले सीमा विवाद झिकिएपछि अध्यक्ष लामा भने असन्तुष्ट छन् ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ९ : २५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को