एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखियो, संसद् अवरोध जारी रहन्छ : ओली (भिडियो) « Khabarhub

एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता देखियो, संसद् अवरोध जारी रहन्छ : ओली (भिडियो)

सीमामा बसेर विरोध गर्न सांसदहरुलाई निर्देशन


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको संसद बैठक पनि अवरोध गर्ने भएको छ । आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको भूमिका षडयन्त्र रुपमा एमाले विभाजनमा देखिएको बताए ।

उनले सभामुखको भूमिकाकै कारण बैठक अवरोध गरेको र अब पनि अवरोध जारी रहने बताए । उनले सरकारले प्रतिस्थापन विधेयक प्रस्तुत गर्दा पनि सभामुखको भूमिका निष्पक्ष नदेखिएको बताए । उनले भने, ‘बजेट प्रस्तुत गर्न दिने मन थियो । तर सभामुखको भूमिकाले विरोध गरेयौँ । मन्त्री आफ्नो आसनमा बसेनन् । लुकेर बसे, कुदी कुदी प्रतिस्थापन विधेयक प्रस्तुत गरे ।

मर्यादामा बस्न सांसदहरुलाई निर्देशन

अध्यक्ष ओलीले संसदमा अवरोध गर्दा सीमामा बस्नुपर्ने बताए । उनले कतिपय सांसदले सभामुखलाई माइकलाई हान्ने कुरा सञ्चार माध्यममा बोलेको भन्दै त्यस्तो नबोल्न निर्देश दिए । उनले एमालेले मर्यादा उल्लंघन नगर्ने बताए ।

उनले संसदीय मर्यादाभन्दा बाहिर जान नसकिने उल्लेख गर्दै वेल घेराउ र नाराबाजी गर्न सकिने तर मर्यादा पालकलाई नाघेर जान नमिल्ने बताए ।

गत शुक्रबारको बैठकमा एमाले सांसद रेखा झाले सभामुख अग्नि सापकोटालाई आफूले माइकले हान्ने प्रयास गरेको स्वीकार गरेकी थिइन् । सांसद आशा बिक र गंगा चौधरीलाई एमाले सांसदहरुले उचारले रोष्टममा पुर्‍याउन खोजेका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १ : ०६ बजे

दुई गोलले पछि परेको बेल्जियम नाटकीय जित निकाल्दै विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयको अन्तिम मिनेटमा युरी टिलेमान्सले पेनाल्टीमार्फत गोल

केनको दुई गोलमा इंग्ल्यान्ड अन्तिम १६ मा : कंगो विश्वकपबाट बाहिरियो

काठमाडौँ – कप्तान ह्यारी केन नायक बनेपछि डीआर कंगोमाथि रोमाञ्चक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत