अफगानिस्तानमा तालिबान प्रदर्शनमा चारको मृत्यु : राष्ट्रसङ्घ « Khabarhub

अफगानिस्तानमा तालिबान प्रदर्शनमा चारको मृत्यु : राष्ट्रसङ्घ


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ ।

यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ ।

सो दमनमा परी चार जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सो कार्यको राष्ट्रसङ्घले विरोध पनि गरेको छ । राष्ट्रसङ्घका अधिकारीका अनुसार तालिबानका विरुद्धमा राजधानी काबुलमा भएका विरोध प्रदर्शनमा पछिल्ला प्रदर्शनमा चार जनाको मृत्यु भइसकेको छ।

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् ।

ती प्रदर्शनकारीहरुमाथि तालिबानहरुले बल प्रयोग गर्ने गरेका छन् । तालिबानी लडाकूले कोर्रा हानेर मानिसलाई धपाउने र गोली प्रहारसमेत गर्ने गरेका बताइएको छ ।

राष्ट्रसङ्घले नागरिकको शान्तिपूर्णरुपमा भेला हुन पाउने अधिकार प्रयोग गर्न दिन आग्रह पनि गरेको छ । नागरिकले शान्तिपूर्णरुपमा भेला भएर आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध बल प्रयोग गरेर नागरिकको हत्या गर्नु अपराध भएको राष्ट्रसङ्घले जनाएको छ । सिन्ह्वा

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  २ : २२ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा