बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के | Khabarhub Khabarhub

बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन् । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरू पनि सुचारु भएको छ ।

संघर्ष समितिका सदस्य डा. पदम नेपाललीले स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध भएका कारण ओपिडीसहितका सबै सेवाहरू सञ्चालनमा आएको बताए । उनले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहेको प्रष्ट पारे । साथै, पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत रहने उनले बताए ।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले एक साताअघिदेखि इमरजेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गरेको थियो । उनीहरूले नियमित सेवा ठप्प पारेर एक सातादेखि उपकुलपति कार्यालय अगाडि विरामीलाई बाहिरैबाट सेवा दिएका थिए ।

सहमति पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १० : ५९ बजे

माइतीघरमा उर्लिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– जेनजी पुस्ताले भ्रष्टाचार र नातावादविरुद्ध काठमाडौंको माइतीघरमा प्रदर्शन सुरु

चट्याङ लागेर महिलाको मृत्यु

सिरहा– सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं– खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि हकप्रद

ओरियन्टल होटल्सले हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं– ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ

मानव अंग प्रत्यारोपण विकास समितिको अध्यक्षमा डा. ढकाल नियुक्त

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको