मनाङे आफूसँग भएको सम्पत्तिबारे आफै ‘कन्फ्युज’ « Khabarhub

मनाङे आफूसँग भएको सम्पत्तिबारे आफै ‘कन्फ्युज’


२७ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनुपर्ने नियम भए पनि उनीहरुले तीन महिनासम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छनैन् । तर, मनाङेले पत्रकार सम्मेलन गरेर आइतबार यो विषयमा आफ्नो भनाइ राखेका छन् ।

मन्त्री मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने पनि हेक्का नभएको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘म आफैँ कन्फ्युज छु के, मसँग के छ, के छैन भन्ने कुरा । समस्या कहाँ छ भने, पहिली श्रीमतीलाई दिइसकेको छु । छोराहरूको नाममा राखेको छ । त्यसलाई मेरो भनुँ भने समस्या आउला ।’

पहिले आफूले व्यापार गर्दा कमाएको भन्दै मनाङेले केही पैसा उठ्नै बाँकी रहेको बताए । ‘मैले बीचमा विजनेस गर्दाको पैसा छ । त्यो पैसा केटाहरूसँग छ । आएको छैन । आउनेवाला छ भनेर लेख्न नमिल्ने रहेछ’, उनी भन्छन्, ‘रामेले २० लाख लगेको छ, श्यामेले दुई करोड लगेको छ भनेर लेख्ने होइन होला ।’

आफूसँग भएको केही सम्पत्तिमा मुद्दा चलिरहेको मनाङेले बताए । कर्तव्य ज्यान मुद्दामा कारबाही भोग्न बाँकी उनी अहिले गण्डकीको मन्त्रीका रूपमा कार्यरत छन् । मनाङेलाई अकुत सम्पत्ति कमाएको आरोपमा अर्को पनि मुद्दा परेको थियो । तर, उक्त मुद्दाबाट सफाइ पाइसकेको उनको दाबी छ ।
उनले मन्त्रीको तलबले चिया खान पनि नपुग्ने बताए । त्यसैले अब ब्यापार गर्ने सोचमा उनले रहेको बताए । उनले भने, ‘अहिले कुनै नयाँ व्यापार गरेको छैन । अब व्यापार गर्न लागिरहेको छु, मन्त्रालय सेटल भइसकेपछि । हामीले पनि भात खानुपर्‍यो । सरकारी पैसाले चिया खान पनि पुग्दैन ।’

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ३४ बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही