किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता « Khabarhub

किनमेल र यात्रामा यसरी अपनाउनुहोस् स्वास्थ्य सतर्कता


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँको चहलपहल सुरु भइसकेको छ । परिवारसँगै बसेर दशैँ मनाउने भनेर मानिसहरू मूल घर जान थालिसकेका छन् । किनमेलका लागि व्यापारिक क्षेत्रमा भिडभाड बढेको छ ।

महामारीको बीचमा चाडबाड मनाइरहे पनि धेरैले कोरोना संक्रमणको पर्वाह गरिरहेका छैनन् । कोरोना संक्रमणदर केही घटे पनि जोखिम घटेको छैन । यसकारण यत्रा तथा किनमेल गर्दा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकहरूको सुझाव छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संयोजक डा. शेरबहादुर पुनका अनुसार चाडबाडको समयमा स्वास्थ्य सतर्कतामा अझ बढी ध्यान दिनुपर्छ । पुन भन्छन्, ‘यो जमघट र भेटघाटको समय हो, तर संक्रामक रोगहरू यस्तै बेला फैलने जोखिम उच्च हुन्छ ।’

असोज–कात्तिकको समयमा मौसममा पनि परिवर्तन आउने भएकोले मौसमी फ्लु तथा सरुवा रोगहरू सजिलै तथा धेरै संक्रामक हुने गर्छ ।

बच्ने उपाय

काम नपरी घर बाहिर ननिस्कने ।
निस्कनै परे अनिवार्य मास्क लगाउने ।
अनावश्यक जमघट नगर्ने ।
भिडभाडको भएको ठाँउमा सकेसम्म नजाने ।
एक अर्काको बीचमा कम्तिमा दुई मिटरको दुरी राख्ने ।
बेलाबेला साबुन पानीले हात धोइरहने ।
स्यानिटाइजरको प्रयोग गर्ने ।
हाच्छ्यूँ गर्दा वा खोक्दा कुहिनाले नाँक मुख छोप्ने ।
भेट्दा हात नमिलाउने, नमस्कार गर्ने बानीको विकास गर्ने ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  ११ : ४३ बजे

गगनको संकल्प : कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफूहरुको एकमात्रै ध्येय

राष्ट्रियसभामा तीन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभाको आज बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले तीन अध्यादेश

यी पाँच मापदण्ड तय गर्दै गगनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो कांग्रेसले

नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म