नयाँ पर्यटकीय गन्तव्य ‘टेउवा’ « Khabarhub

नयाँ पर्यटकीय गन्तव्य ‘टेउवा’


२६ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको अग्लो पहाड हो घुम्टे । त्यही घुम्टेको आगनमा छ, टेउवा । भौगोलिक विकटताले गर्दा कुनै समय मानव वस्ती विकास र विस्तारको लागि धेरैको रोजाईमा नपर्ने टेउवा, हिजोआज नयाँ पर्यटकीय गन्तव्यको रूपमा सबैको आकर्षणको केन्द्र बनेको छ ।

टेउवाको डाडामा स्थापना गरिएका आकर्षक मूर्तिकलाले सो क्षेत्रको पहिचान बद्लेको हो । अन्तर्राष्ट्रिय मूर्तिकारहरूले विसाल शीलामा कुँदेको आकर्षक मूर्तिकला अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको छ ।

गलकोट नगरपालिका–५ टेउवा क्षेत्र गलकोट उपत्यकाको उच्च भागमा पर्छ । विशेष गरी चाडपर्व र सार्वजनिक विदाको दिन टेउवामा तयार भएका मूर्तिको अवलोक गर्नेको भिड लाग्ने स्थानीय बुद्धिबहादुर थापाले बताए ।

‘पहिलो लेकको टुप्पो भनेर कोही पनि आउने थिएनन्’ उनले भने–‘मुर्ति बनेपछि टिकट काटेर हेर्न आउने भएका छन् ।’ टेउवा चर्चित पर्यटकीय क्षेत्र घुम्टेधुरीको फेदमा पर्छ ।

उक्त स्थानबाट गल्कोट क्षेत्रकाका अधिकांश बस्ती अवलोक गर्न सकिन्छ । ५–२१ फागुन २०७५ सम्म अन्तर्राष्ट्रिय स्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा अमूर्त, अर्धमूर्त र मूर्त चित्र तयार गरेका छन् ।

खुल्ला मूर्ति संग्राहलयमा राखिएका मूर्तिमा जीवन, जगत, प्रकृति र संस्कृतिका विषयमा जीवन भरिएको छ । संग्राहलय निर्माण गर्न स्थानीय झंक बस्नेत, मानबहादुर खत्री, टीकाकुमारी कार्कीले निःशुल्क जग्गा उपलब्ध गराएको गल्कोट कला प्रतिष्ठानका सहसचिव सेरबहादुर थापाले जानकारी दिए ।

दरमखोलाको ढुंगा उच्च पहाडमा लगेर मूर्तिकारले ढुंगामा पहाड, जल, जंगल, जमिन, गणेश मानव सभ्यता, सहासिक महिला, भगवान गौतम बुद्धको आकृति तयार गरिएको छ । गलकोट कला प्रतिष्ठानले संग्राहलय निर्माण गरेको हो ।

उक्त सग्रहलयलाई थप व्यवस्थित बनाउन प्रतिष्ठानले स्थानीय सरकार र संघीय सरकारसँग समन्वन गरी आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको छ ।

प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उद्यान मन्त्रालयले चार करोड ५५ लाख र गलकोट नगरपालिकाले दुई करोड ४५ लाख लागतमा पूर्वाधार निर्माणको काम सुरु भएको छ । उक्त बजेटले पर्यटकीय संग्रहलय र हरिचौर बजारदेखि घुम्टे लेकसम्मको पहुँच मार्ग विस्तार हुनेछ ।

संग्राहलयलाई थप व्यवस्थित, आकर्षक बनाउन प्रतिष्ठानले पर्यटकीय र सांस्कृतिक सम्पादास्थल बनाउने योजना निर्माण गरेको छ । गुरुयोजना र नयाँ संरचना निर्माणका विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको अध्यक्ष रानाले बताए ।

नयाँ संरचना बनाउन ३६ करोड ५६ लाख रुपियाँ खर्च हुने डीपीआरमा उल्लेख गरिएको छ । संग्राहलय क्षेत्रमा बहुउद्देश्यीय अन्तर्राष्टिय सम्मेलन भवन, दुईवटा गेट, टिकट काउन्टर, शीतल पाटी, पानीको फोहोरा, बगैंचा, वृक्षरोपण, सिँढी निर्माण गरिनेछ ।

जापानका जुन इचिरो सुगिमोतो, इटालीका बिटिनो फ्रान्सेनी, चीनका लिउ याङ्ग, फ्रान्सका जिवियर्स गोँजालेज, ताइवानका लिन लि जेन, भारतका टुटु पटानायलक, क्यानडाका जुली ग्ल्यास्पी, इजरालका तान्या प्रिमिङ्गर, ब्राजिलियन जर्जलुईज र युक्रेन्का ल्युडमेलले कार्यशालामा मूर्ति तयार गरेका थिए । नेपाली मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले मूर्ति तयार गरेका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलबार  १० : ५६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।