हाँडी गाउँमा होम स्टेः सञ्चालकलाई आधारभूत तालिम सुरु « Khabarhub

हाँडी गाउँमा होम स्टेः सञ्चालकलाई आधारभूत तालिम सुरु


२६ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरको वडा ५ मा होम स्टे (घरबास) पर्यटन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । २ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी ४ कार्य दिनमा कक्षाहरु सञ्चालन हुनेछन् ।

हाँडीगाउँमा अहिले पहिचान गरिएका ११ घरसहित तालिममा ३० जना सहभागी हुनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारा गाउँ विकास समितिले तालिमको आयोजना गरेको हो ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, घरबास पर्यटनसँग पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका पक्ष जोडिने भएकाले यसको प्रवर्धनका लागि काठमाडौँ महानगरको सहयोग रहने धारणा राखिन् ।

‘घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउँछ’ उनले भनिन्, ‘काठमाडौँको मौलिक खाना, काठमाडौँबासीको सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटन प्रबर्धनका सम्पत्ति हुन् ।’

वडा ५ वाट थालिएको कार्यक्रम र यसको सिकाई भित्री सहरी क्षेत्रमा विस्तार गर्न सकिने उनको भनाइ छ ।

काठमाडौँको सर्वाङ्गीण विकास गर्न घरबास पर्यटन एउटा सम्भावना बोकेको कार्यक्रम रहेको उनको बुझाइ छ । हााँडीगाउँमा भद्रावास, मनमानेश्वरी, मानदेवको कैलाशकुट भवन, २३ प्रकारका स्थानीय बाजा, वार्षिक १३ वटा जात्रा पर्व छन् ।

हाँडीगाउँको चाखलाग्दो विकास क्रम र ऐतिहासिक कथा छ । घरबास पर्यटनको सम्भावनाका विषयमा वडा सदस्य उत्तम शर्मा भन्छन्, ‘व्यवस्थित कार्यक्रम सञ्चालन योजना बनाउँदैछौँ । हामी दिगो पर्यटनका लागि प्रयासरत छौँ ।’

तालिम संयोजक घनश्याम ढकालकाअनुसार सहभागीलाई पर्यटन र यसका पक्ष, होम स्टे प्रवर्धन र बजारीकरण, पर्यटन प्रबर्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होम स्टे, होम स्टे सम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवा लगायतका विषयमा सैद्धान्तिक ज्ञान दिइनेछ ।

यसैगरी सफल होम स्टेका व्यवसायिक सफलताका कथा, होम स्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र विदाइ सत्कार, स्थानीइ पर्यटकीय स्थल र सम्पदासँग होम स्टेको सम्बन्ध लगायत विषयलाई पनि सैद्धान्तिक ज्ञानको विषयमा राखिएको छ ।

प्रयोगात्मक कक्षामा पाक शिक्षाअन्तर्गत स्थानीय खाना, खानाको गुणस्तर निर्माण, स्वाद, सजावट र वास्नालगायत विषयमा सीप सिकाइनेछ ।

हाडीगाउँमा ११ वटा होम स्टे छन् । एउटा घरमा ४ वटासम्म कोठा प्रयोग गर्न सकिन्छ । हाँडीगाउँ सामुदायिक घरबास समितिकी अध्यक्ष शकुन्तता घिमिरेकाअनुसार एक दिनमा हाँडीगाउँ होमस्टेले करीब १ सय ५० पाहुनालाई व्यवस्थापन गर्ने सक्ने क्षमता राख्छ ।

बसाइको शुल्क भने प्याकेजका आधारमा तय गरिएको छ । एक दिन मात्र बस्न सक्ने व्यवस्था पनि छ । ०७५ सालबाट थालिएको होम स्टे कोविडका कारण सुस्ताएको थियो । कोविडको असर कम भएसँगै यसलाई उठाउने प्रयास थालिएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : १५ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य