दादी बलसाराको सफलता « Khabarhub

दादी बलसाराको सफलता


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तीस वर्ष अघि दादी बलसारा नागपुरमा एलआइसी अफिसर थिए । उनले ६० वटा रुपैयाँ मासिक तलब पाउँथे । आज उनले ६३ राष्ट्रमा ७ अर्व डलरको विजनेश साम्राज्य चलाइरहेका छन् । उनको व्यक्तिगत सम्पत्ति २ अरब डलर जति छ भने उनी सबैभन्दा धनी भारतीय मध्येका एक हुन् । डा. बलसारा सिंगापुरमा बस्छन् । त्यहाँ परफ्युँ बेच्छन् ।

उनी अमेरिकामा आभूषण, स्विट्जरल्याण्डमा घडी र ताइवानमा जिन्स पनि बेच्छन् । उनको सफलताको कहानी रोचक छ । एलआईसी अफिसरको रुपमा बलसारा खासै सफल थिएनन् । उनमा महत्वकांक्षा थियो । यसैकारण उनी छात्रवृत्ति पाएर मनोचिकित्सा अध्ययन गर्न अमेरिका गए । जब उनी त्यहाँ मेडिकल अभ्यास शुरु गरे तब एकदमै थोरै बिरामीहरु उनीकहाँ आउँथे ।

यसकारण क्लिनिक बन्दै गर्ने स्थिति आयो । यो पेशामा सफलता हात नलागेपछि बलसाराले टिभीमा ज्योतिष कार्यक्रम प्रस्तुत गर्ने योजना बनाए । पहिला दुई टिभी च्यानलले उनको प्रस्ताव स्वीकार गरे तापनि अमेरिकामा प्रशारण भइरहेका एक जापानी टिभी कार्यक्रम ‘तपाईं र तपाईंको भाग्य’ र ‘मस्तिष्कको शक्ति’ अत्यन्त लोकप्रिय भए । ज्योतिष र हस्तरेखा विशेषज्ञको रुपमा उनी जोन एफ. केनेडी, निक्सन, च्याऊ एन लाई र बिल क्लिन्टन जस्ता प्रख्यात नेताहरुसँग भेटिसकेका छन् ।

डा. बलसारालाई त्यति बेला सफलता मिल्यो जब उनले माउन्ट एभरेष्ट मिनरल वाटर वेच्न शुरु गरे । उनले हिमान्चल प्रदेशबाट प्राकृतिक मिनरल वाटर बोतलमा भराएर त्यसलाई अमेरिका लगाएत अन्य धेरै देशहरुमा बेच्ने गर्थे । उनी भन्थे, यदि कसैमा व्यापार व्यवसाय शुरु गर्ने जोश छ र नयाँ काम शुरु गर्ने मौलिक विचार छ भने संसारको कुनै पनि ताकतले उसलाई रोक्न सक्दैन । हाम्रो मन भित्रको डरले नै हामीलाई रोक्छ ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : ३७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले