शीर्ष स्थानको मिलान र युभेन्ट्स बराबरीमा रोकिए « Khabarhub

शीर्ष स्थानको मिलान र युभेन्ट्स बराबरीमा रोकिए


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शीर्ष क्लब एसि मिलान र युभेन्ट्स इटालियन सिरी ए अन्तर्गत शनिबार राति भएको फरक खेलमा बराबरीमा रोकिएका छन् ।

खेलको इन्जरी समयमा अनुभवी खेलाडी जाल्टान इभ्राहिमोभिकको गोलसँगै शीर्ष स्थानको मिलान १० खेलाडीमा सीमित उडिनेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १७ मिनेटमा उडिनेसले बेटोको गोलमा अग्रता बनायो । इन्जरी समयमा जाल्टानले गोल गर्दा उडिनेस घरेलु मैदानमा जितबाट बञ्चित भयो । खेलको अन्तिम मिनेटमा घरेलु टोलीका इशाक सक्सेकले रातो कार्ड बेहोरेका थिए ।

बराबरीसँगै एसि मिलान १७ खेलबाट ३९ अंक सहित शीर्षस्थानमा यथावत छ । इन्टर मिलान भने १ खेल कम खेल्दै ३७ अंक बनाएर दोस्रो स्थानमा छ । पराजित उडिनेस भने १७ खेलबाट १७ अंकसहित १५औँ स्थानमा छ ।

अर्को खेलमा भ्रणकारी टोली युभेन्ट्स भेनेजियासँग १-१ अन्तरको बराबरीमा रोकियो । खेलको सुरुआती अग्रता युभेन्ट्सले बनायो । उसका फरवार्ड अल्भारो मोरटाले खेलको ३२औँ मिनेटमा अग्रता बनाए । घरेलु टोलीका माटिया अरामुले ५५औँ मिनेटमा गोल गर्दै हार टारे ।

बराबरीसँगै युभेन्ट्स १७ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ । पराजित भेनेजिया समान खेलबाट १६ अंक बनाउँदै १६औँ स्थानमा छ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार