अमेरिकाले स्वतन्त्र ताइवानलाई मान्यता दिनुपर्ने विधेयकमा २० सांसदको समर्थन « Khabarhub

अमेरिकाले स्वतन्त्र ताइवानलाई मान्यता दिनुपर्ने विधेयकमा २० सांसदको समर्थन


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताइपेई – अमेरिकालाई एक चीन नीतिको खारेज गर्दै स्वतन्त्र ताइवानसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्न आह्वान गर्दै यस वर्षको सुरुमा पेश गरिएको विधेयकमा २० सांसदले समर्थन गरेका छन्।

मार्च १ मा, सांसदहरु टम टिफनी र स्कट पेरीले एउटा विधेयक पेश गरेका थिए, जसमा अमेरिकालाई एक चीन नीति त्याग्न र ताइवानसँग औपचारिक सम्बन्ध पुनः सुरु गर्न आह्वान गरिएको थियो। अमेरिका-ताइवान स्वतन्त्र व्यापार सम्झौतामा वार्ता सुरु गर्न पनि उक्त विधेयकमा भनिएको थियो। विगत नौ महिनामा, उक्त विधेयकमा थप १८ सांसदहरुले समर्थन गरेका छन्।

टिफनी र पेरीबाहेक सांसदहरु डग लामाल्फा, डेबी लेस्को, डायना हर्षबर्गर, निकोल मल्लियोटाकिस, स्कट डेसजारलाइस, ग्रेगरी डब्लू स्टुब, राल्फ नर्मन, लिसा म्याक्लेन, ग्लेन ग्रोथम्यान, क्याट क्याम्याक, ट्रेसी मिलन, ट्रेसी मिलन, लुई गोहमर्ट, र ब्रायन बेबिनले विधेयकमा समर्थन जनाएका हुन्।

टिफनीको कार्यालयले सोमबार ताइवान समाचारलाई जानकारी दिँदै विधेयकमा समर्थन गर्नेको कुल संख्या २० पुगेको जनाएको छ। टिफनीका प्रवक्ताले समर्थन बढ्दै जानुले क्यापिटल हिलमा अमेरिका-ताइवान नीतिमा परिवर्तनको लागि बढ्दो समर्थनलाई स्पस्ट पारेको बताए।

उनले उक्त विधेयकमा समर्थन गर्ने सांसदहरु रिपब्लिकन हुन् तर कांग्रेसले अर्को वर्ष प्रयासलाई द्विपक्षीय बनाउने आशाका साथ डेमोक्र्याटसम्म पुग्न खोजिरहेकोमा जोड दिए। डिसेम्बर ३ मा पोस्ट गरिएको ट्विटमा टिफनीले लेखेकी छन्, ‘कार्टर युगको एक चीन नीति गलत छ, पुरानो भइसकेको छ। अमेरिकाले उदाहरणको रूपमा नेतृत्व गर्ने र ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने समय यही हो।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ०० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर