काठमाडौँ– सन् १९८८ मा रोस हल्फिनले मेटालिकाको नाममा केही नयाँ भइरहेको चर्चा सुने । ‘मोन्सटर अफ द रक’का रूपमा उनीहरू एउटा म्युजिकल टुरमा थिए । त्यस टुरमा भान हालेन, स्कोपियन र डोकेन समावेश थिए ।
हल्फिन विगत सम्झिन्छन्, ‘न्युयोर्कको त्यो विशाल रङ्गशालामा कन्सर्ट भइरहेको थियो । मेटल शुरु हुने समयमा आधा दर्शक उठेर गइसकेका थिए । आधा दर्शकको माझमा मात्र मेटल शुरु भयो । शुरु भइसकेपछि त रहेकामध्ये धेरैले वाह नै भने ।’
यो हेभी मेटल ब्यान्डले यसपछि बजारमा ल्याएका तीन एल्बमको आलोचना नै भयो । चौथोको रूपमा “एन्ड जस्टिस फर अल” ले त सनसनी फैलायो । सङ्गीतमार्फत भुईँ मान्छेको आवाजको रूपमा त्यो एल्बम चर्चामा रहेको थियो ।
सन् १९९१ को १२ अगस्टको दिन यसले आफ्नै नाममा मेटालिका एल्बम बजारमा ल्याएको थियो । मेटालिकाको कभरका कारण समर्थकहरूले यसलाई ‘ब्ल्याक एल्बम’ भन्न थाले । यो एल्बम भिन्न ब्यान्ड स्टाइलको थियो । शान्त सङ्गीतबाट कडा मेटलका रूपमा अन्त्य हुने यसको प्रकृति थियो । हल्फिनकै विचारमा त्यो एल्बमका धेरै कुरा नियन्त्रणमा थिए । रेडियामा सुन्दा मजा आउने तथा परिष्कृत रहेको पनि हल्फिन बताउँछन् ।
त्यही ब्ल्याक एल्बम तयार भएर रिलिज भए यताको एक दशक हल्फिन मेटालिकाको कन्सर्टमा गए । गीतहरूको रेकर्डिङमा गए र एक दशक सँगै रहेर आफ्नो पेशालाई अगाडि बढाए । यस क्रममा उनले मेटालिकालाई नजिकबाट बुझ्ने अवसर पनि पाए ।
उनको नयाँ पुस्तक “मेटालीका: द ब्ल्याक एल्बम इन ब्ल्याक एन्ड ह्वाइट” मा मेटालिकाको उदय कालको राम्रोसँग वर्णन गरिएको छ । हल्फिनका अनुसार शुरुवातमा यो एउटा बिग ब्यान्डका रूपमा बाहिर आउने योजनामा थियो । पछि यो एल्बममा सीमित नभएर रङ्गशालाको कन्सर्टमा पनि एकदमै सक्रिय रह्यो ।
हल्फिनको पुस्तकमा यसअघि कहिले पनि मेटालिकाका प्रकाशित नभएका तस्वीरहरू राखिएका छन् । मेटालिकाले विभिन्न स्थानमा गरेको प्रदर्शनहरूको सँगालो पनि हल्फिनको पुस्तकमा छ । अगस्ट १९९१ देखि जुलाई १९९३ सम्मको कन्सर्टको फोटो त्यस पुस्तकमा धेरै समावेश गरिएका छन् । यस बीचमा संसारमा नै मेटलिकाको सनसनी थियो ।
हल्फिनले आफ्नो वृत्तिमा विश्व सङ्गीतमा धेरै मिथक व्यक्तित्व तथा ब्यान्डहरूसँग सहकार्य गरे । उनले काम गरेका सङ्गीतकर्मीहरूमा लेड जिपसीन, एसी डीसी, पाउल म्याकर्टनी, एरोस्मिथ, भान हालेन, सहित सङ्गीतमा स्थापित द हु लगायत छन् ।
मेटालिकाका ड्रमर लार्स उलरीच हल्फिनबाट नै फोटो खिच्न चाहन्थे । यसको कारण प्रस्ट थियो । उनीहरू आइरन मेडनको समर्थक थिए । हल्फिन आइरन मेडनका पनि फोटोग्राफर थिए । हल्फिनले नै आइरन मेडनको कभर तयार गर्दै यसको फोटो खिच्न शुरु गरेका थिए ।
क्यालिफोर्नियाको ठिक बाहिर हल्फिन आइरन मेडनसँगै एलसेरिटोमा पुगेका थिए । त्यहाँको रमणीय वातावरणको उनलाई अझ स्मरण छ । जब हाल्फिनले पहिलो पटक मेटालिकाको फोटो लिइरहेका थिए । यसका धेरैजना एसीडीसी सर्ट तथा भिन्न खालको टिसर्ट पहिरिएका हुन्थे ।
यसरी भिन्नभिन्नै स्वरूपमा उनीहरूलाई देख्दा हल्फिन अचम्ममा पनि परेका थिए । हल्फिनकै विचारमा मेटालिकालाई लोकप्रिय बनाउन त्यस ब्यान्डका हरेक सदस्यको भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।
‘बाटोमा बच्चाहरू पनि उनीहरूसँग आकर्षित भइरहेका हुन्थे । किनभने उनीहरू बच्चा जस्ता नै देखिन्थे । अथवा ग्यारेजमा बसेर गीत गाउने जस्ता देखिन्थे ।’ विश्व सङ्गीतमा सनसनी फैलाउने ती व्यक्तिका बारे हल्फिन बताउँछन्, ‘अहिले मानिसहरू जे सोचिरहेका छन्, उनीहरू त्यो थिएनन् । उनीहरू लामो कपाल भएका लोभलाग्दो बच्चा झैँ देखिन्थे ।’
जब बच्चाहरूले उनीहरूलाई कन्सर्टमा देख्थे, आफ्नै प्रतिबिम्ब ठान्थे । जब ब्ल्याक एल्बमको युग सकियो यो समूह एकदमै बढी आम विश्वासी तथा एकदमै बढी सन्तुष्ट थियो । उनीहरूको पहिचान यस्तो थियो कि, सायद यो समूहको नाम नसुन्ने युवा पाउन नै कठिन थियो ।
हल्फिनकै नयाँ किताबमा सबै ब्रान्ड सदस्यका बारेमा पनि उल्लेख गरिएको छ । यो ब्ल्याक एल्बममा उल्सर्चका साथै जेम्स ह्याटमिफल्ड, कर्क हमेस्ट र जेसन न्यु स्टीड थिए । यसै पुस्तकमा मेटालिकाका पछिल्लो समयका सदस्य रोबर्ट ट्रजीलोको बारे पनि उल्लेख गरिएको छ ।
‘यदि तपाईँ एल्भीस, टिबल, जिम मोरिसन वा जिमी हेन्ड्रीक्को पुरानो तस्वीर खोज्नुहुन्छ भने रमाइलो लाग्न सक्छ’ हल्फिनले भनेका छन्, “मलाई लाग्छ यो पुरानो स्मरण गर्ने राम्रो माध्यम हो । जब हामी पुरानो कुरा हेर्छौ यो बढी क्लासिक लाग्छ । मलाई लाग्छ, यो बढी कलात्मक पनि देखिन्छ । साथै यसले धेरै कुरा बताउँछ पनि ।”
हल्फिन रक सङ्गीतको सामान्य अवस्थामा फर्कन चाहन्छन्, जुन समय खास विशेष कुनै टोली थिएन । कुनै थप सुरक्षा संयन्त्रको आवश्यकता थिएन । कसैलाई सामाजिक सञ्जाल व्यवस्थापन गर्ने जिम्मेवारी थिएन । त्यस समयमा उनी थिए र मेटालिका थियो ।
हल्फिनकै अनुसार पुस्तकमा अहिले पनि लार्स जेम्स या उनीहरू चार मध्येका कोही स्टेजमा हिँडिरहेको दृश्य मात्र देख्न सकिन्छ । जब उनीहरू स्टेजमा प्रवेश गर्छन्, उनीहरूको बीचमा ३० जना हुन्थे । अन्यलाई यसको छेउछाउ पनि प्रवेश गर्न दिइएको थिएन ।
यसै वर्षको डिसेम्बर १७ र १९ मा दुई स्थानमा कन्सर्ट आयोजना गर्दै मेटालिकाले आफ्नो ४० औँ वर्षगाँठ मनाइरहेको छ । डिसेम्बरमै हल्फिनकै सो कन्सर्टमा फोटो खिच्ने गर्छन् भने पुरानो ग्यालरीलाई पनि प्रदर्शनमा राख्ने छन् । एक सेसन उनले मेटालिकासँगको अनुभव बताउँदै बिताउने छन् ।
हल्फिनकै विचारमा यो एउटा यस्तो ब्यान्ड हो, जसलाई देख्ने र नदेख्ने सबैजना यसको शक्ति देखेर अचम्ममा पर्ने छन् । यो ब्यान्डले सङ्गीतमा छाडेको कालजयी प्रभावको सधैँ असर रहने छ ।
चार दशकको अन्तरालमा मेटालिकाले थुप्रै आरोप र अवरोहमा सामना गरेको थियो । सन् १९८१ मा स्थापित यो ब्यान्डले १९८४ बाट एलेकेत्रा बजारमा ल्याएर तहल्का मच्चाएको थियो । सन् १९८६ मा तेस्रो एल्बम मास्टर अफ पपेटको लोकप्रियता त अत्यधिक नै थियो ।
यो सबैभन्दा हेभी मेटलको रूपमा अहिलेसम्म रहेको छ । यसपछि बजारमा आएको जस्टिस फर अलका लागि मेटालिका पहिलोपटक ग्रामी अवार्डका लागि मनोनयनमा परेको थियो ।
सन् १९९१ को मेटालिका भने हेभी मेटलभन्दा बढी परम्परागत सङ्गीतलाई पनि ध्यान दिएको थियो । यसलाई मेटलको युगको नयाँ अध्याय पनि मान्न थालियो । यसअगाडि मेटल सुन्न नचाहनेहरू पनि यो रिलिज भएसँगै मेटल सुन्न थालेका थिए । यसै एल्बम बजारमा आएको सुरुवाती दुई वर्ष त यो समूहलाई कन्सर्टका लागि समय निकाल्न पनि कठिन भएको थियो ।
यसरी अन्य विधामा सङ्गीत सुन्नेहरूलाई मेटालिकामार्फत आफ्नो दुनियाँमा आकर्षित गरिसकेपछि यो समूह फेरि पुरानै बाटोमा फर्किएको थियो । सन् २००८ मा आएको डेथ म्याग्नेटक र २०१६ मा रिलिज भएको हार्ड वायर्ड र सेल्फ डिस्ट्रक्टले आधा दशक पछि बजारमा उत्तिर्क प्रभाव जमाएको छ ।
पश्चिमा सङ्गीतको दुनियाँमा भिन्नभिन्नै युग आए पनि मेटल सुन्नेहरूको सङ्ख्या पश्चिममा अलि अगाडि नै थियो । नेपालजस्तो देशमा यसको लोकप्रियता त छैन, तर यसलाई सुन्ने एउटा जमात भने अझै छ । जो यसै खाले सङ्गीतमा झुम्न चाहन्छन् ।
यसरी संसारमा हरेक कुनामा मेटल सुन्ने व्यक्ति छन् । आजको समयमा संसारका रहेको मेटलको प्रभावमा ३० वर्ष अगाडि रिलिज भएको एल्बम मेटालिकाको ठूलो प्रभाव छ । अनि मेटल सुन्नेको मनमा रहेको त्यो ब्ल्याक एन्ड ह्वाइट तस्वीर त शायदै हराउने छ ।
यी तस्वीर खिच्ने हल्फिन पनि मेटल युगको एउटा हिस्सा बनेर साङ्गीतिक क्षेत्रमा रहेका छन् । सायद ४० औ वर्षगाँठ मनाउँदा पनि मेटालिकाले थप केही घोषणा गर्नेछ , जसले विश्व सङ्गीतमा अर्को हलचल पनि ल्याउन सक्ने छ ।
प्रतिक्रिया