डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी | Khabarhub Khabarhub

डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रुपैयाँ पर्ने गर्दछ ।

प्रतिक्विन्टल उपल्लो डोल्पाको सालदाङमा जिरा मसिनोको मूल्य सात हजार रुपैयाँ, मोटाको पाँच हजार र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलब्ध गराउदै आएको छ । सुर्खेतदेखि धोसम्मको प्रतिकेजी ६५ रुपैयाँ, धारगाउँ ५६ रुपैया र सालदाङमा ९० रुपैयाँमा प्रतिकेजी चामलको ढुवानी भाडा लाग्दै आएको छ ।

सबैभन्दा बढी सालदाङमा चामल पुर्‍याउन नौ हजार रुपैयाँ ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रतिक्विन्टल सात हजार रुपैयाँ छ । जबकि ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार रुपैयाँ बढी छ ।

निजी क्षेत्रबाट बिक्री गर्ने चामलमा ३० केजीको चामललाई ‘धो’ मा ६ हजार पर्छ भने ‘तिन्जे’मा ७ हजार रुपैयाँ पर्ने गरेको डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताइन् । सात हजार रुपैयाँ तिरेर पनि खाद्यान्न पाउन नसकेको उनले गुनासो गरिन् ।

हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलसमेत ढुवानी कार्य रोकिएको छ । चामल ढुवानीको जिम्मेवारी लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा अहिले समस्य आएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए ।

५०० कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्ममा १८० क्विन्टल मात्र चामल पुगेको छ । डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्वन्टल कोटा रहेकोमा चामल ढुवानी गर्ने जिम्मवारी लिएको ओम जय दुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्ममा चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । त्यहाँ अहिले हिमपात भएकाले ढुवानी गर्नसमेत मुस्किल भएको होे ।

त्यस्तै छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमुना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्ममा चामल ढुवानी गरेका छैनन् । सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ ।

यी सबै कम्पनीका बिक्री केन्द्रहरू हुन् । कम्पनीले तल्लो डोल्पाको जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ । सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्‍याएको छ भने उपल्लो डोल्पामा अहिलेसम्ममा यो आर्थिक वर्षमा एक गेडा चामल लिइएको छैन । ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो ।

सदरमुकाम दुनैमा भरिभराउ चामल रहेको छ भने उपल्लो डोल्पामा खाद्यान्न ढुवानी नहुँदा निकै समस्य भएको धोका पेमा गुरुङले बताए । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाइ मार्गबाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारणहरू बताउँछन् । ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारणहरू मर्कामा परेको गुरुङले बताए ।

सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकेजी ९० रुपैयाँमा खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पु¥याउने गर्दछ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म लिएर ८८ रुयैयाँदेखि १०० रुपैयामा ढुवानी हुने गर्दछ । जसका कारण निजी क्षेत्रले उपल्लो डोल्पामा २४० रुपैयाँसम्म प्रतिकेजी चामल खरिद गरेर खानु पर्ने बाध्यता छ । न्यूजकारखाना

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ०५ बजे

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो

एक सातामा ८८ हजारभन्दा बढी अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल – अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै खामा प्रेसले

मुलुकले जबजका सिद्धान्त पालना गरिरहेको छः महासचिव पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक

कमल थापाले भने : राजा फर्काउने आन्दोलन पुनः सुरु हुन्छ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले