कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला « Khabarhub

कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा केन्द्रित हुने बताएका छन् ।

मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रित हुने बताए।

‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं,’ उनले भने, ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ। हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।’

कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताए। आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुनः सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद रहेको उनले बताए । उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको उल्लेख गरे।

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : १६ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी