कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला « Khabarhub

कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा केन्द्रित हुने बताएका छन् ।

मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रित हुने बताए।

‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं,’ उनले भने, ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ। हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।’

कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताए। आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुनः सभापति उठेको दाबी गर्दै उनको आशीर्वाद रहेको उनले बताए । उनले पौडेल कांग्रेसको सम्मानित नेता रहेको उल्लेख गरे।

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भने, ‘उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : १६ बजे

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ – नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

डुम्रे – तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

थुकको छिटा र हावाको माध्यमबाट क्षयरोग सर्छ

काठमाडौं – क्षयरोग भनेको एक प्रकारको संक्रामक रोग हो ।