जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने « Khabarhub

जापानमा कोभिडका कारण लगाइएको संकटकालको क्षेत्र बढाइने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको संकटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थालेको पनि यहाँका अधिकारीहरुले जानकारी गराएका छन् ।

हाल जापान सरकारले यस्तो प्रकारको संकटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । तर सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेको राजधानी टोकियोबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

टोकियोबाट प्राप्त भएको समाचारमा सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रहरु जस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो । जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोकियोमा यो संकटकाल लगाएको थियो । तर सो संकटकालीन क्षेत्रलाई थप विस्तार गरेर अरु क्षेत्रमा पनि पुर्‍याइने भएको हो ।

ती क्षेत्रहरुमा आफूले संकटकालीन अवस्थालाई बढाउने विषयमा तयारी गरिरहेको जानकारी प्रधानमन्त्री सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी, एलडिपीलाई पनि गराएको समाचारमा जनाइएको छ ।

जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चरहरु चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो । यसपछि जापानको सरकारले यहाँका अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो ।

खासगरी सुरू सुरूमा जापानको राजधानी टोकियोमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण यस बाहेकका बाहिरका क्षेत्रमा पनि देखिन थालेपछि पछिल्ला दिनहरुमा आएर जापानले यस्तो नीति लिएको हो ।

अहिले जापानका प्रायः पश्चिमी प्रिफेक्चरहरुमा यसको प्रकोप बढ्दै गएको छ । जसका कारण जापान सरकारले ती क्षेत्रमा आवश्यक सहायताका प्याकेजहरुको समेत घोषणा गरी संकटकालको घोषणा गरेको हो ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ५० बजे

झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न

कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले आज (आइतबार) काठमाडौं उपत्यकामा ६ वटा चुनावी

रास्वपा कर्णाली प्रदेशमा पहिरो : प्रदेश महामन्त्री र जिल्ला सभापति कांग्रेसमा प्रवेश

सुर्खेत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका महामन्त्री चन्द्रा

मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री दाेहाेर्‍याएर भारत पुगेका छन् ।

मुस्ताङका दश मतदान केन्द्र संवेदनशील

मुस्ताङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि