कङ्गोमा विस्थापित २० हजारलाई नेपाली सेनाले आवास बनायो « Khabarhub

कङ्गोमा विस्थापित २० हजारलाई नेपाली सेनाले आवास बनायो


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक कङ्गोमा तैनाथ नेपाली सेना शान्ति सैनिकको इञ्जिनियर गुल्मले निकै छोटो समयमा ठूलो सङ्ख्यामा विस्थापित द्वन्द्वपीडितका लागि आवास निर्माण गरेर उदाहरण प्रस्तुत गरेको छ ।

कङ्गोको डिजुगु क्षेत्रबाट विस्थापित २० हजार जनतालाई बुनियास्थित मुजिपेला क्षेत्रमा नेपाली शान्ति सैनिकले छोटो अवधिमा विभिन्न संरचनासहितको आवास निर्माण गरी हस्तान्तरण गर्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गत जेठ १९ गतेदेखि अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनको अनुरोधमा सात हेक्टर जमीनमा बाटो र वासस्थान निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

यसअघि सन् २०१९ मा पनि उक्त गुल्मले सोही स्थानमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजार विस्थापितका लागि आवश्यक संरचना निर्माण गरी महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

नेपाली सेनाको यो कार्यको संयुक्त राष्ट्रसङ्घ शान्ति कार्यका प्रमुख, त्यहाँ तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर, गर्भनर र स्थानीयले मुक्तकण्ठले प्रशंसा गरेका छन्। हाल इञ्जिनियर गुल्मका गुल्मपति प्रमुख सेनानी सुरेश थापा छन्।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : १८ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा