तराईमा शुक्रबारसम्म हुस्सु लाग्ने « Khabarhub

तराईमा शुक्रबारसम्म हुस्सु लाग्ने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तराईमा आउँदो शुक्रबारसम्म बाक्लो हुस्सु लाग्ने मौसमविदले पूर्वानुमान गरेका छन् ।

तराईका अधिकांश जिल्लामा सोमबारदेखि लागेको बाक्लो हुस्सु कम्तीमा शुक्रबारसम्म कायम रहने सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिए ।

बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गर्नेहरूलाई गुजारा चलाउन मुस्किल परेको छ । तराईका जिल्लामा बाक्लो हुस्सु लाग्दा आन्तरिक उडान पनि प्रभावित हुँदै आएको छ ।

काठमाडौँ उपत्यकामा पनि तुवालो लागेको छ । मौसममा बदली आएपछि उपत्यकामा फेरि चिसो महसुस हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसको हाराहारीमा रहने छ ।

महाशाखाले जारी गरेको तीनको पूर्वानुमानमा आज र भोलि प्रदेश १ र गण्डकी प्रदेशको एकाध ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ४० बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश