नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन काममा तीव्रता | Khabarhub Khabarhub

नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन काममा तीव्रता


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ का कारण निर्माणमा केही ढिला भएको नागढुङ्गास्थित सुरुङमार्ग समयमै सकाउन काममा तीव्रता दिइएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण गत वर्ष सुस्त गतिमा भएको निर्माणको कामलाई गति दिन रातदिन काम भइरहेको सडक विभागले जनाएको छ ।

बिहान ७ देखि साँझ ७ बजेसम्म एउटा सिफ्ट र साँझ ७ देखि बिहान ७ बजेसम्म अर्को सिफ्टमा काम भइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

उनका अनुसार गत वर्ष काम गर्ने वातावरण नभए पनि समयमै काम सकाउन अवधि बढाइएको हो । उनले भने, ‘समयमै सकाउन सकिन्छ भन्ने लागेको छ ।’

सुरुङमार्गमा अहिले २०/२२ जना जापानी र ३०० नेपाली काम गरिरहेका छन् । यो आवमा वैदशिक लगानीको सडकजस्तै यो सडकमा प्रगति कम भएको सडक विभागले जनाएको छ ।

जुन गतिमा गर्नुपर्ने हो अझै पनि त्यो गतिमा गर्न नसकिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाप्रमुख अर्जुनजङ्ग थापाले बताए ।

कतिपय सरकारी निर्णय प्रक्रियालाई समय लाग्ने कारणले पनि ढिलाइ भएको प्रमुख थापाको भनाइ छ ।

मुआब्जा वितरण, विद्युत्को पोल सार्नेलगायतका काममा बढी समय लागेको उनले बताए । कतिपय स्थानीयवासीले मुआब्जा लिने तर घर नभत्काएको पाइएको छ ।

त्यस्तै नेपाली सेनाले विस्फोटक पदार्थ ल्याउन अनुमति दिन निर्णय गर्न लामो समय लगाउँदा पनि ढिलाइ भएको थियो । उनले भने, “निर्माण कम्पनीले काम गर्न खोज्दा पनि हामीले नै प्रक्रियागत कुरा सकाउन बढी समय लागेको थियो ।”

आयोजनाअन्तर्गत छ पुल निर्माण गर्नुपर्नेमा तीन पुल सकिएको प्रमुख थापाले जानकारी दिए ।

नैकाप नजीकै अन्डरपास बनाउन जग खनेर तयारी भइरहेको छ । नैकापबाट अगाडि जाने सडकलाई ओभरपास गरेर सुरुङलाई अन्डरपास गरिने उनले जानकारी दिए ।

गत वर्ष असोजमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङको निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : ४० बजे

थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु

एजेन्सी – थाइल्यान्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८

सेनाले टुँडिखेलमा यसरी मनायो स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं- नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

काठमाडौं– राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन)को आठौँ

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने प्रचण्डको विश्वास

विराटनगर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले