जान्नुहोस् फेसबुकबारे यी रोचक कुरा, जुन तपाईंलाई थाहा नहुन सक्छ « Khabarhub

जान्नुहोस् फेसबुकबारे यी रोचक कुरा, जुन तपाईंलाई थाहा नहुन सक्छ


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबुकले आफ्ना अनेक फिचरमार्फत विभिन्न खालका सामाग्री पस्किरहेको हुन्छ । यसबारे तपाईलाई थाहा छ ?

– फेसबुकले प्रयोगकर्तालाई पैसा कमाउने प्लेटफर्म पनि दिएको छ । व्यवसायीको लागि नयाँ अप्सनहरु बनाइरहन्छ । भिडियो सेयरिङ अप्सन वा अन्य विभिन्न सामाग्री सेयर गरेरपनि तपाईले फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ ।

– के तपाइलाई थाहा छ ? फेसबुक प्रयोगकर्ताले आफ्नो मृत्युपछि पनि आफ्नो अकाउन्ट अरु मानिसलाई सुम्पिन सकिन्छ। अधिकांश फेसबुक प्रयोगकर्तालाई लाग्न सक्छ, मरेपछि आफ्नो अकाउन्ट के होला रु या मरिसकेका व्यक्तिको अकाउन्ट फेसबुकले के गरेको होला ।

आफ्ना प्रयोगकर्ताको मृत्यु भएको रिपोर्ट कसैले फेसबुकमा गर्यो भने उसले विभिन्न तथ्य जुटाएर यथार्थ खोजेर प्रयोगकर्ताको मृत्यु भएको पुष्टि भएमा फेसबुकले मृतकको प्रोफाइललाई मेमोरलाइज्ड गर्छ । त्यसपछि उक्त अकाउन्ट कसैले पनि लग इन वा परिवर्तन गर्न सक्दैन ।

– तपाई फेसबुकमा कुनै कुरा अपलोड गर्दै हुनुहुन्छ भने पक्कै टाईप गर्नुहुन्छ अनि ‘ईरेज’ पनि गर्नुहोला तर तपाईले स्ट्याटस अपडेटमा जे टाइप गरेपनि त्यो सिधैं सर्भरमा आउँछ। तपाईले पोस्ट नगरेका टेक्स्टहरु पनि सर्भरमा गएको हुन्छ ।

– एक तथ्यांकअनुसार प्रत्येक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटनको प्रयोग गरिन्छ।

– फेसबुक फेक एकाउण्टहरुको आँकडा ८.७ प्रतिशत छ ।

– तपाईं आफ्नो फेसबुक अकाउन्ट लग इन गरेर इन्टरनेटमा अरू काम गरिरहनुभएको छ भने फेसबुकले तपाईंका सबै गतिविधि रेकर्ड गरिरहेको हुन्छ ।

– फेसबुक भिजिटपछि प्रयोगकर्ताले आफ्नो जिन्दगी उजड महशुस गर्छन् किनकि मानिसहरुले हरेक खुसी मुमेन्ट फेसबुकमा सेयर गरिरहेका हुन्छन् ।

– फेसबुकमा नियमितजसो दैनिक ६ लाख पटक ह्याकिङका प्रयासहरु हुन्छन्।

– फेसबुकमा नियमित झुण्डिरहनेहरुमा फेसबुक एडिक्सन डिसअर्डर अर्थात् एफएडी नामको रोगले समात्छ । विश्वमा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।

– ‘साइट डाउन’ हुँदा फेसबुकले प्रत्येक एक मिनेट बराबर २५ हजार डलर बराबरको नोक्सान ब्यहोर्छ ।

– हामीले मन पर्यो भन्न दबाउने लाइक बटनको नाम पहिले ‘असम‘ थियो।

– अधिकांश देशमा फेसबुक सामाजिक सञ्जालमा एक नम्बरमा छ । तर, फेसबुक विश्वका केही देशमा भने प्रतिबन्धित छ । चीन, इरान, उत्तर कोरिया, लगायत देशमा फेसबुक चल्दैन ।

– हाल फेसबुकमा तीन करोड बढी मृत मानिसको एकाउण्ट छ ।

– एक सय वर्षमा मृत मानिसको फेसबुक एकाउण्टको तथ्याङ्क ५० करोड पुग्ने अनुमान गरिएको छ ।

– धेरै पटक मृत्युको कारण बनेको फेसबुकमा बालबालिकाहरुको एडिक्सन चाहिनेभन्दा २० औँ गुणा बढी छ ।

– फेसबुकले नीलो रङ प्रयोग गर्नुको कारण निकै रोचक छ । यसका संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले नीलो रङमा फेसबुक डिजाइन गरिएको हो ।

– चित्त नबुझेपछि हामी फेसबुकमा मानिसहरुलाई ब्लक गर्छौ नि ? फेसबुकमा ब्लक गर्न नसकिने एकजना वयक्ति फेसबुकका संस्थापकमार्क जुकरबर्ग हुन् ।

– संसारभरका एक तिहाई मान्छेका लगि सूचना प्राप्त गर्ने पहिलो स्रोत फेसबुक नै हो ।

– फेसबुक सर्भरमा ३ सय पेटाबाईट डाटा स्टोरेज गरिएको छ । अनुमान लगाउनुहोस् त एक पेटाबाईटमा १० लाख गिगाबाईट हुन्छ ।

– एक सेकेन्डमा ८ जना नयाँ प्रयोगकर्ता थपिन्छन् ।

– फेसबुकमा २० लाख बढी सक्रिय विज्ञापनकर्ता छन् ।

– तपाईले डिलिट गरेको म्यासेज सर्भरमा कहिल्यै डिलिट हुँदैन ।

– तपाईले ‘वन्ली मी’ गरेर पोष्ट गरेको स्टाटस समेत सर्भलाई थाहा भइसक्छ ।

– संसारभरको दिनको सवा एक बजेदेखि सवा दुई बजेसम्म सबैभन्दा धेरै अन्तर्क्रिया हुन्छन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १२ : ४० बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा

ओली र लेखकलाई राहत दिँदा सर्वोच्चले यसरी गर्‍यो मानवीय पक्षको व्याख्या

काठमाडौं- सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश