नेता नेपालको आरोप : प्रधानमन्त्री ओली ‘झुटको पुलिन्दा’ « Khabarhub

नेता नेपालको आरोप : प्रधानमन्त्री ओली ‘झुटको पुलिन्दा’


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव नेपाल–प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन् ।

दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘प्रधानमन्त्री ओलीजी झुटका पुलिन्दा हुन्। उनले के बोलिरहेका छन् थाहा पाइँदैन, केपी ओलीसँग कम्युनिस्ट सिद्धान्तप्रति कुनै प्रतिवद्धता छैन’, उनले भने, ‘उहाँ फोहोरको डंगुर हो, डुङडुङी गन्हाउँदा पनि शरीरमा बोक्नु परेको छ भनेर वामदेव कमरेडले भन्नु भएको थियो। अहिले पनि वामदेव कमरेडलाई सुधार्न बालुवा पेलिरहनु भएको छ। तर केपी ओली सुध्रिने मान्छे होइनन्। उहाँ भाँचिन तयार हुनुहुन्छ तर झुक्न जान्नु हुन्न।’

ओलीले अहिले नेतृत्व गरिरहेको नेकपाको एउटा समूहलाई पनि नेपालले सडक छापको संज्ञा दिए।

नेता नेपालले भने,’ओली आफैं बेकामे हुन्। ओलीको पार्टी सडक छाप हो। सडकको धुलो मात्रै हो।’

उलने ओली शिष्ट नभएको पनि आरोप लगाए । उनले पदमा पुगेपछि ओली निरंकुशता बढ्दै गएको समेत बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : ५० बजे

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी