काठमाडौं उपत्यकामा थपिए २४६ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए २४६ कोरोना संक्रमित


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यो सँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या  १ लाख २३ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म काठमाडौंमा मात्र ९९ हजार ३३९ जना संक्रमित भएका छन् । जसमध्ये ४८३ जनाको मृत्यु भएको छ भने ९६ हजार ५५१ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १५ हजार ६८२ पुगेको छ । जसमा १५२ को मृत्यु भएको छ भने १५ हजार २४० जना निको भएका छन्।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ९ हजार ८२ पुगेको छ । जसमा १११ जनाको मृत्यु भएको छ भने ८ हजार ८६९ जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार ३०५ ललितपुरमा २९० र भक्तपुरमा १०२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ५ : ०७ बजे

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै