काम गर्न नदिएको प्रमाण देखाउन ओलीलाई प्रचण्डको चुनौती (भिडियोसहित) « Khabarhub

काम गर्न नदिएको प्रमाण देखाउन ओलीलाई प्रचण्डको चुनौती (भिडियोसहित)


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको प्रमाण दिन चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित दाहाल-नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै प्रमाण देखाउन चुनौती दिएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’

निर्वाचन आयोग र सर्वोच्च अदालतसँग आफूहरु भरोसा कायम रहेको पनि दाहालले बताए । उनले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने बताए ।

हेरौँ भिडियो

दाहालले केपी ओलीको ‘नौटंकी र जोकरपन’को पछाडी कोही नलाग्ने पनि दाबी गरे । ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै दाहालले पार्टी बैठक, विधि विधान मिचेर हिँड्ने ओली नै भगौडा भएको जनाए ।

उनले भने ‘बडो अनौठो लाग्छ । उहाँले एक ठाउँ बोल्दा हामीलाई भगौडा भन्नु भएछ । सुन्न पनि कान के थुन्नु पर्ने । लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय समितिको सदस्य भगौडा रे ! यस्तो पनि हुन्छ ?’

ओलीले कुर्सी छोड्नुपर्छ भनेर असंवैधानिक कदम चालेको आरोप लगाए । ओलीको कदमले देश र संविधान बर्बाद भएको उनले बताए ।

जी न्यूजलाई दिएको अन्तर्वार्ता नाटक

प्रधानमन्त्री केही दिनअघि भारतीय टेलिभिजन ‘जी न्युज’लाई दिएको अन्तर्वार्तालाई अध्यक्ष दाहालले नाटकको संज्ञा दिएका छन्।

उनले भने, ‘त्यो ( जी न्युजको अन्तवार्ता) नाटकै हो। नाटकको पटाक्षेप आज भइसक्यो। त्यही जि न्युजले एभरेष्टको नाम फेर्ने रे।’

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : ४० बजे

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी