विश्वभर ८ करोड ८ लाखभन्दा बढी कोरोना संक्रमित निको « Khabarhub

विश्वभर ८ करोड ८ लाखभन्दा बढी कोरोना संक्रमित निको


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १० करोड ८७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख २० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ८७ लाख ९ हजार ४१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ६ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।पछिल्लो २४ घण्टामा ३ लाख ९७ हजार ६६५ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख ४७ हजार १३६ छ । यसमध्ये ९९ हजार ४३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार २२२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख ९२ हजार ४७९ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९२ हजार ४१९ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ३७ हजार ६०१ जना, भारतमा १ लाख ५५ हजार ५८८ जना, रूसमा ७९ हजार १९४ जना, बेलायतमा १ लाख १६ हजार २८७ जना, फ्रान्समा ८१ हजार ४४८ जना, इटालीमा ९३ हजार ४५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ०८ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ