खाद्य सामग्री खरिदमा खर्च कटौती | Khabarhub Khabarhub

खाद्य सामग्री खरिदमा खर्च कटौती



खाद्यान्न खरिदमा हाम्रो बजेटको राम्रै हिस्सा खर्च हुन्छ । हामी खाद्यान्न खरिद गर्न पसलमा जाँदा कति पैसा खर्च भयो भन्ने खासै हेक्का राख्दैनौँ किनभने खाद्यान्न अत्यावश्यक वस्तु हो । हामीमध्ये धेरैले खाद्यान्नमा गर्नु पर्नेभन्दा धेरै खर्च गरिरहेका हुन्छौँ ।

खाद्यान्नले हाम्रो बजेट कसरी सक्छ पत्तै पाउँदैनौँ भन्छिन् कुमिको लभ, जो पर्सनल फाइन्यान्स वेबसाइट ‘द बजेट मम’ का सञ्चालक हुन् ।

हामीलाई खाद्यान्न बजेट घटाउनु छ भने त्यसका लागि बच्चाको हिँडाइजस्तै विस्तारै विस्तारै गर्नुपर्ने लभको सुझाब छ ।

‘पहिला सानो प्रयास गर्नुहोस् र त्यसलाई बढाउँदै लैजानुहोस् । घटाउने भन्दैमा हजार डलरबाट एकैचोटी चार सय डलरमा झर्ने होइन’, उनी भन्छिन्, ‘यदि हजार डलरको सामान खरिद गर्नुहुन्थ्यो भने पचहत्तर डलर घटाउनुहोस् । तपाई त्यसमा कायम रहन सक्नुभयो भने फेरि पचहत्तर डलर घटाउनुहोस् । यसरी घटाउँदै जाँदा तपाईं आफूलाई आवश्यक पर्ने सही बजेटमा आउनुहुनेछ ।’

घटाउन त घटाउने तर कुन सामानमा ? यहाँ म तपाईंहरूलाई कस्तो खाद्य सामग्री खरिदमा कसरी आफ्नो खर्च कटौती गर्ने भन्ने सल्लाह दिन्छु ।

खरिद गर्नुअघि सूची बनाउनुहोस्

सूचीबिना खाद्यान्न सामग्री खरिद गर्न नजानुहोस् । सामान खरिद गर्दा तपाईंको मनमा पलाउने चञ्चलता रोकथामको उपायका रूपमा सामग्रीको सूचीले हतियारको काम गर्छ । खरिद गर्न निस्किनुअघि के के सामान ल्याउने भन्ने विचार गर्नुहोस् । पसल पुगेपछि एकपटक राम्रोसँग डुल्नुहोस् । यसो गर्दा तपाईंलाई आवश्यक सामान ‘सेल’ छ भने त्यो थाहा हुन्छ ।

‘आफ्नो परिवारको खानाको विषयमा एउटा निश्चित योजना बनाउनुहोस्’, लभ भन्छिन्, ‘त्यसले गर्दा पसल जाँदा खाद्यान्नमा कति खर्च गर्नुपर्छ, पहिला नै निश्चित हुन्छ ।’

पसल जानुअघि आफ्नो भण्डारमा के छ र के छैन, राम्ररी हेर्नुहोस् । घरमा के छ र के छैन भन्ने थाहा भएन भने कहिलेकाहीँ आफूसँग भएकै सामान पनि खरिद गर्ने सम्भावना हुन्छ । त्यसले गर्दा पैसा त खर्च हुन्छ नै, सामान पनि अनावश्यक हुन जान्छ ।

घरमै बस्नुहोस्

सामानको सूची बनाएर मात्रै पुग्दैन । आफूले बनाएको सूचीमा प्रतिबद्ध पनि रहनुहोस् । यसका लागि एउटा उपाय भनेको पसल जान बन्द गर्नु हो । पसलको तुलनामा अनलाइनमा सामान खरिद गर्दा सूचीमा अडिन सहज हुन्छ । अनलाइन खरिद गर्दा तपाईंले कति सामान खरिद गर्नुभयो र त्यसमा कित पैसा सकियो भन्ने थाहा हुन्छ ।

बजेटभन्दा बढी भयो भने सामान हटाउन पनि सकिन्छ । केही खाद्यान्न सामग्री बेच्ने अनलाइन पसलले त घरमै पनि ल्याइदिने व्यवस्था मिलाएका छन् ।

मूल्यका आधारमा मात्रै खरिद नगर्नुहोस्

सस्तोमा सामान मिल्यो भन्दैमा त्यो फाइदाजनक नै हुन्छ भन्ने हुँदैन । सामान खरिद गर्दा प्रतिइकाई कति मूल्य पर्छ, त्यसमा ध्यान दिनुहोस् । यसो गर्दा कुन सामान खरिद गर्दा फाइदा हुन्छ भन्ने पत्ता लाग्छ ।

सबै पसलमा तपाईंलाई के खरिद गर्दा फाइदा हुन्छ भनेर मूल्य टाँसिएको हुँदैन, न त उनीहरूले तपाईंको फाइदाका हिसाबमा सामान खरिद गर्न सुझाब नै दिन्छन् । यस्तो हिसाब हामी आफैँले गर्न सक्छौँ । सामानको तौलअनुसार मूल्य भाग लगाउनुहोस् । यसरी आफूलाई कुन सामान खरिद गर्दा फाइदा हुन्छ, तपाईंले आफैँ पत्ता लगाउन सक्नुहुन्छ ।

खाना आफैँले बनाएर खानुहोस्

धेरै विकल्पबाट एउटा छनोट गर्नुभन्दा खाना नै नपकाउनु सजिलो हुन्छ । तर, सहजता सित्तैमा आउँदैन । काटिएको फलफूल खान सजिलो हुन्छ तर तपाईं पूरै फल आफैँ किनेर टुक्रा पार्नुहुन्छ भने तपाईंले कम पैसामा त्यो फल खान सक्नुहुन्छ ।

बजारबाट मगाएको खाना र आफैँ बनाएको खानामा पनि त्यस्तै हुन्छ । बजारबाट खाना मगाउँदा सजिलो त हुन्छ तर आफूले पकाएको खानाको तुलनामा त्यो महँगो हुन्छ । बेलुका खाना बनाउन ढिलो हुन्छ भन्ने तपाईंलाई पहिले नै थाहा छ भने खाना पकाएर फ्रिजमा राख्न सकिन्छ । यसो गर्दा बाहिरको खाना मगाउँदा लाग्ने खर्च कम गर्न सकिन्छ ।

मोबाइल एप प्रयोग गर्नुहोस्

कोही पनि घरमा कुपन कोट्याएर बस्न चाहँदैन । पहिलाभन्दा अहिले छुट पाउन धेरै सजिलो छ । ठूला पसलहरूले अहिले आफ्नै मोबाइल एप विकास गरेका छन् । एपको प्रयोग गरी सामान खरिद गर्दा निश्चित छुट पाउने व्यवस्था पनि गरिएको हुन्छ । यसरी खरिद गर्दा बजेट पनि बचत हुन्छ ।

पैसा छुट पाउनुहोस्

तपाईंसँग केही पैसा बचत हुँदा त्यसले पक्कै पनि सहयोग पुगको छ । केही बैंकका कार्ड प्रयोग गरेर खाद्यान्न खरिद गर्दा ‘रिवाड पोइन्ट’ प्राप्त गरिन्छ । निश्चित पोइन्ट जम्मा भएपछि त्यसको प्रयोग गरेर आफूलाई आवश्यक पर्ने पोइन्ट बराबरको सामान खरिद गर्न सकिन्छ । ती समान खरिद गर्दा आफूले पैसा तिर्नु पर्दैन ।

(क्याथ्रिन भसेलले सीएनएनमा वित्तीय मामिलामा कलम चलाउँछिन् । जनवरी २८, २०२१ मा सीएनएनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ८ : १३ बजे

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान

अछामको बयलपाटा अस्पताललाई जापानको सहयोग

काठमाडौं– जापान सरकारले अछामको बयलपाटा अस्पताललाई विभिन्न चिकित्सा उपकरण हस्तान्तरण

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर