प्रचण्डले अर्बौ रकम अनियमितता गरेका छन्, हामी हिसाब माग्छौँ– मन्त्री रायमाझी « Khabarhub

प्रचण्डले अर्बौ रकम अनियमितता गरेका छन्, हामी हिसाब माग्छौँ– मन्त्री रायमाझी


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल– नेकपा स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालमा प्रचण्डले अर्बौं रकम अनियमिता गरेको आरोप लगाएका छन्।

त्यसबेला हिनामिन भएको उक्त अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको पनि उनले बताए । बुटवलमा पूर्व-जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले तीलगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बताए।

उनले भने, ‘१९ हजारको नाम राखेर ३४ हजारको नाममा ल्याएको पैसा कहाँ गयो ? हामी अहिले वैचारिक र राजनीतिक संघर्षका क्रममा छौँ, तर सोध्नुपर्ने बेला आएको छ । १९ अर्ब कहाँ गयो ? प्रचण्डले जवाफ दिनुपर्छ। जनमुक्ति सेनालाई बेवास्ता गर्दा उनीहरू आज घर न घाटको भएका छन्।’

उनले प्रचण्ड र माधव नेपालले आन्दोलनको नाममा सडकमा उटपट्याङ मच्चाई रहेको टिप्पणी गरे। पार्टीको नेता भएर विवाद मिलाउने हो कि सडकमा जाने हो ? पार्टीभित्रै मिलाउनुपर्दैन ? भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १ : ०४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ