दयालका ‘बेवारिसे लौरो’ र ‘लकडाउन’ « Khabarhub

दयालका ‘बेवारिसे लौरो’ र ‘लकडाउन’


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडीका कवि एवं गजलकार कर्ण दयालको कवितासंग्रह ‘बेवारिसे लौरो’ र गजलसंग्रह ‘लकडाउन’ सार्वजनिक भएका छन् ।

कवि दयालका अनुसार कवितासंग्रहमा सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक एवं राजनीतिक पक्षका भोगाई समेटिएका छन् ।

यो संग्रहमा पछिल्लो तीन वर्षयता रचना गरिएका विविध भावका ३९ वटा कविता समाविष्ट छन् ।

गजलसंग्रह ‘लकडाउन’ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) महामारीमाझ लेखिएको हो ।

संग्रहमा गजलमार्फत कोभिड नियन्त्रणका लागि विश्व नै लकडाउनमा जानुपरेको, त्यसले जनजीवन अस्तव्यस्त बनाएको र नेपालमा त्यसले पारेको असर र प्रभावका भाव व्यक्त गरिएको छ ।

दयालका यसअघि पनि ‘आमनेसामने’ लगायत चारवटा गजलकृति प्रकाशित भइसकेका छन् । ‘बेवारिसे लौरो’ र ‘लकडाउन’ सम्पादन हाउसको सहकार्यमा काठमाडौंबाट युरेका पब्लिकेशनले बजारमा ल्याएको हो । सम्पूर्ण किताब वितरक रहेको दुवै कृतिको मूल्य दुई सय रुपैंयाँ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ४५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४