केन्यामा फेरि दुई महिना कर्फ्यू « Khabarhub

केन्यामा फेरि दुई महिना कर्फ्यू


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोबी(एएफपी)- केन्यामा फेरि दुई महिना कर्फ्यू घोषणा गरिएको छ ।

राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका हुन् ।

रातिको समयका लागि मात्रै लगाइएको कर्प्यूको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यू देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् ।

केन्यामा कारोनाभाइरसको संक्रमण बढेपछि त्यसलाई न्यूनीकरण गर्न कर्फ्यू लगाइएको राष्ट्रपति केन्याटाले बताएक छन् ।

केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ । त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ ।

पूर्वीअफ्रिकी कतिपय देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ ।

केन्याका बैदेशिक सिमानाहरु अहिले पनि बन्द गरिएको छ भने विद्यालयहरुमा पनि विदा दिइएको छ । हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागु हुने जनाइएको छ ।

केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या अहिलेसम्म झण्डै एक लाख १२ हजार पुगेको छ । त्यसैगरी एक हजार ९०१ जनाको कोरोनाका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : २० बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ