‘कृष्णलीला’ फष्टलुकमा फरक पुष्प | Khabarhub Khabarhub

‘कृष्णलीला’ फष्टलुकमा फरक पुष्प


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०७८ छेको पारेर रिलिज हुने फिल्म ‘कृष्णलीला’ को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका अभिनेता पुष्प खड्का फरक लुक्समा देखिएका छन् ।

फिल्ममा दीपक ओलीको निर्देशन छ । फस्टलुकमा एंग्री बर्डको टिसर्ट लगाएका पुष्पको हातमा डटपेनले कोरेको घडी देखिन्छ भने लहराले बनाएको चश्मा पहिरिएका छन् ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्ममा पुष्पका साथमा बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ ।

आरआर फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ तथा सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

आरआर फिल्म प्रोडक्सनले वितरण गर्ने फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : २० बजे

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू