स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ « Khabarhub

स्रोत नखुलेको साढे १९ लाख रुपैयाँसहित एक भारतीय पक्राउ


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट स्रोत नखुलेको साढे १९ लाख बढी नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर बताउने ३६ बर्षीय राजेशकुमार साहलाई शनिबार स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरेको गैरेले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ५ : ४६ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२