बाँके– घरमा विभिन्न हातहतियार लुकाई राखेको भेटिएपछि राप्ती सोनारी गाउँपालिका-५ जबरपुरका ६८ वर्षीय ऋषिराम थारु पक्राउ परेका छन् ।
दुई नाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२ बोरको खोका ३८ वटा, काटेको गोली १२ वटा, बारुद १ केजी, फलामको नाल २ थान, चित्तलको सिङ ४ वटा र बँदेलको दाँत १ वटासहित उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरीले ऋषिरामको घर तलासी गर्दा उक्त हातहतियार फेला परेको जनाएको छ ।
साथै थप अनुसन्धानको क्रममा सोही कार्यालयबाट खटिएको प्रहरीले ऋषिरामका भाइ लालबहादुर थारुको घर तलासी गर्दा १ थान कटुवा पेस्तोल, थ्रीनटथ्री राईफलको गोली २ थान, एसएलआर राईफलको गोली १ थान र भरुवा बन्दुकको खाली नाल १ थान फेला पारी बरामद गरेको छ ।
हाल फरार लालबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया