कञ्चनपुर– कञ्चनपुरमा १४ वर्षीय एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको पुनर्वास नगरपालिका २ की किशोरीमाथि सामुहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ कलम किन्न पसल जाने क्रममा उनी अपहरणमा परेकी थिइन् । अपहरणमा परेकी ती किशोरीलाई प्रहरीले राति ११ बजे फेला पारेको थियो ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका ३ जना युवाले आफूलाई अपहरण गरी अज्ञात स्थलमा लगेर बलात्कार गरेको किशोरीले बताएकी छिन् । उनीहरुले ती किशोरीलाई मध्यरातमा सोही ठाउँमा छोडेर भागेका थिए ।
किशोरीले आफूमाथि सामुहिक बलात्कार भएको बताएपछि प्रहरीले यसबारेमा थप अनुसन्धान थालेको छ ।
प्रतिक्रिया