४२ करोडमा वाटर किङ्डम पार्क, एक लाख भित्र्याउने लक्ष्य « Khabarhub

४२ करोडमा वाटर किङ्डम पार्क, एक लाख भित्र्याउने लक्ष्य


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय थला परेका बेला झापाको शिवसताक्षीमा भने ४२ करोड रुपैयाँको लागतमा फन पार्क सञ्चालनमा आएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ८ को झिलझिलेमा व्यवसायी राजकुमार संग्रौलाले वाटर किङ्डम पार्क नामको फनपार्क सञ्चालनमा ल्याएका हुन् ।

करीब अढाई बिगाहा क्षेत्रफलमा फैलिएको वाटर पार्कमा पानीसँग सम्बन्धित १४ ओटा खेल तथा मनोरञ्जन स्थलसहितको पार्क सञ्चालनमा ल्याइएको संग्रौलाको भनाइ छ ।

पानीसँग खेल्दै आराम, मनोरञ्जन तथा पर्यंटनका लागि भारतको सिलगुडी जानु पर्ने बाध्यताको अन्त्य गर्न र पूर्वी नेपालमा पर्यटन प्रवर्धनका लागि रिसोर्ट सहितको पार्क सञ्चालनमा ल्याइएको उनले बताए ।

एक लाख भित्र्याउने लक्ष्य

पार्कमा आगामी बैशाख १ गते देखि एक वर्षमा पानीका विभिन्न खेलमा मात्र १ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य रहेको बताइएको छ ।

हिउँद याममा पौडी पारखीहरुको आगमन कम हुने भए पनि विद्यार्थी, वालवालिका तथा युवाहरुलाई लक्षित गरी पार्क, जीपलाइन, साईक्लिङ् लाईन लगायतका खेलको अनुभव पनि लिन सकिने पार्ककी अध्यक्ष मेनुका सिटौलाले बताइन् ।

सिटौलाका अनुसार पार्कमा रेष्टुरेन्ट, सुविधायुक्त सेमीनारकक्ष लगायतको पनि सुविधा छ ।

पार्कले रमाईलो र घुमघामका लागि विदेशीने नेपाली मुद्रा नेपालमै रहन सक्ने वातावरण बनाउन सघाउ पुर्‍याउन र युवालाई स्वदेशमा नै रोजगारीको अवसर दिलाउन पार्क सहयोगी हुने वडाध्यक्ष केहेरसिंह बस्नेतले बताए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ३७ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल