४२ करोडमा वाटर किङ्डम पार्क, एक लाख भित्र्याउने लक्ष्य « Khabarhub

४२ करोडमा वाटर किङ्डम पार्क, एक लाख भित्र्याउने लक्ष्य


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय थला परेका बेला झापाको शिवसताक्षीमा भने ४२ करोड रुपैयाँको लागतमा फन पार्क सञ्चालनमा आएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. ८ को झिलझिलेमा व्यवसायी राजकुमार संग्रौलाले वाटर किङ्डम पार्क नामको फनपार्क सञ्चालनमा ल्याएका हुन् ।

करीब अढाई बिगाहा क्षेत्रफलमा फैलिएको वाटर पार्कमा पानीसँग सम्बन्धित १४ ओटा खेल तथा मनोरञ्जन स्थलसहितको पार्क सञ्चालनमा ल्याइएको संग्रौलाको भनाइ छ ।

पानीसँग खेल्दै आराम, मनोरञ्जन तथा पर्यंटनका लागि भारतको सिलगुडी जानु पर्ने बाध्यताको अन्त्य गर्न र पूर्वी नेपालमा पर्यटन प्रवर्धनका लागि रिसोर्ट सहितको पार्क सञ्चालनमा ल्याइएको उनले बताए ।

एक लाख भित्र्याउने लक्ष्य

पार्कमा आगामी बैशाख १ गते देखि एक वर्षमा पानीका विभिन्न खेलमा मात्र १ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य रहेको बताइएको छ ।

हिउँद याममा पौडी पारखीहरुको आगमन कम हुने भए पनि विद्यार्थी, वालवालिका तथा युवाहरुलाई लक्षित गरी पार्क, जीपलाइन, साईक्लिङ् लाईन लगायतका खेलको अनुभव पनि लिन सकिने पार्ककी अध्यक्ष मेनुका सिटौलाले बताइन् ।

सिटौलाका अनुसार पार्कमा रेष्टुरेन्ट, सुविधायुक्त सेमीनारकक्ष लगायतको पनि सुविधा छ ।

पार्कले रमाईलो र घुमघामका लागि विदेशीने नेपाली मुद्रा नेपालमै रहन सक्ने वातावरण बनाउन सघाउ पुर्‍याउन र युवालाई स्वदेशमा नै रोजगारीको अवसर दिलाउन पार्क सहयोगी हुने वडाध्यक्ष केहेरसिंह बस्नेतले बताए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ३७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार