पार्टी सभापतिबाहेक अरु पदमा उम्मेदवारी दिन्नँ : शेखर कोइराला « Khabarhub

पार्टी सभापतिबाहेक अरु पदमा उम्मेदवारी दिन्नँ : शेखर कोइराला


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।

नेपाल प्रेस युनियन खोटाङले आज त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

नेता कोइरालाले अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए ।

मुलुकमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनले आरोप लगाए ।

“संसद् पुनःस्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ”, उनले भने, “वर्तमान परिवेशमा प्रतिनिधिसभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन ।”

नेता कोइरालाले पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक वा मध्यावधि जुनसुकै भएपनि निर्वाचन हुन आवश्यक रहेको बताउँदै अल्पमतको सरकार नभएसम्म निर्वाचनमा जान नसकिने संवैधानिक व्यवस्था भएकाले अब त्यसतर्फ लाग्नु पर्नेमा जोड दिए ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा युवा नेता विदुर तिम्सिना, जिल्ला सभापति नरेश श्रेष्ठ, पूर्वजिल्ला सभापति विष्णुकुमार राई, हलेसी तुवाचङु नगरपालिकाका नगरप्रमुख इवन राई लगायतको उपस्थिति थियो ।

पार्टी कार्यकर्ता भेटघाटका लागि खोटाङ आएका नेता कोइराला लगायतको टोलीले हलेसीको दर्शन गर्नुका साथै पर्यटकीयस्थलको अवलोकन भ्रमण गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ९ : ४८ बजे

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई

काठमाडौंका विद्यालयमा वैशाख १५ गतेदेखि पठनपाठन सुरू हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत विद्यालय

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला