पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना « Khabarhub

पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि  देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली  रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ  । देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ३१ गते (मंगलवार

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा  रहने छ ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

२०७८ बैशाख १ गते (बुधबार)

दिउँसो:  सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

२०७८ बैशाख २ गते (बिहीबार)

दिउँसो:   देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।  पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ।

राति :  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : ५१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु