दोलखामा जीप दुर्घटना, चार जनाको मृत्यु, १८ जना घाइते « Khabarhub

दोलखामा जीप दुर्घटना, चार जनाको मृत्यु, १८ जना घाइते


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको विगु गाउँपालिका वडा नं-४ लादुकको चार गोलाई भन्ने स्थानमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् ।

प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको गाडी सोमबार राति साढे १० बजे सडकबाट खस्दा गाडीमा सवारमध्ये ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताए ।

मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्का र २४ वर्षीया चण्डिका थापा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

घाइते १८ जनामध्ये ८ जनाको सदरमुकाम चरिकोटमा उपचार भइरहेको छ भने १० जनालई थप उपचारको लागी काठमाडौँ ल्याइएको  रिजालले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु