पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण « Khabarhub

पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित  परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरेको बताए ।

नगर प्रमुख भुसालले कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने भन्दै गरिबी वितरण गरिएका बाख्राहरु राम्रोसँग पालनपोषण गरेर राम्रो आम्दानी लिन आग्रह गरे ।

यसैबीच सो पालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समति अर्घाखाँचीको आयोजनामा पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा भूमिहीन सुकुम्बासीलाई जग्गा प्रदान गर्ने तरिका र अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउने तथा आयोगले गर्ने कामका बारेमा आयोगका अध्यक्ष केवी भुसाल, सदस्यसचिव लक्ष्मी पाण्डे र विज्ञ सदस्य तुल्सीराम मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : ३५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु