एमाले विवाद : ओलीविरूद्ध मुलुकभर कार्यक्रम गर्दै खनाल-नेपाल समूह « Khabarhub

एमाले विवाद : ओलीविरूद्ध मुलुकभर कार्यक्रम गर्दै खनाल-नेपाल समूह


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि व्यूँतिएको नेकपा एमालेभित्र चर्किएको विवाद उत्कर्षमा पुगेको छ ।

फागुन २८ मा संस्थापन पक्षले छलेर बैठक राख्दै पदाधिकारीहरूको जिम्मेवारी खोस्नेदेखि माओवादी केन्द्र छाडेर गएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि बढेको एमाले विवाद थप चर्किएको छ ।

जिम्मेवारी खोसिएर रूष्ट बनेको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले कार्यकर्ताको राष्ट्रिय भेला गरेपछि नेपालसहित नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई ओलीले निलम्बन गरेका छन् ।

संस्थापन पक्षले निलम्बन गरेपछि देशभर समानन्तर कमिटी गठन गर्दै अघि बढेको खनाल-नेपाल समूहले पार्टी स्थापना दिवसलाई ओलीविरूद्ध विशेष कार्यक्रम’ गर्ने दिनको रूपमा मनाउने तयारी गरेको छ ।

वैशाख ९ गते सो समूहले पार्टी स्थापना दिवसमा सबै जिल्लामा जिल्ला कमिटीले ओलीविरुद्ध ‘विशेष कार्यक्रम’ गर्ने भएको हो।

वरिष्ठ नेता माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा वैशाख ९ गते ओलीविरुद्ध विशेष कार्यक्रम गर्ने उल्लेख गरिएको छ ।

सर्कुलरमा वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न षडयन्त्रका तानाबाना बुनेको भन्दै पार्टीलाई पुनःगठन र संगठित गर्ने अभिभारा आफूमाथि आइपरेको बताएका छन् ।

हेर्नुहोस् खनाल-नेपाल पक्षले जारी गरेको सर्कुलर

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ३० बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु