चैते धानखेतीतर्फ कृषकको आकर्षण « Khabarhub

चैते धानखेतीतर्फ कृषकको आकर्षण


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरका कृषक चैते धान खेतीमा आकर्षित भएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यसपटक चैते धानखेती गत वर्षको भन्दा बढेको छ ।

केन्द्रका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो ।  यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको छ ।

यसपटक जिल्लाको आठ पालिकामध्ये सबैभन्दा त्रियुगा नगरपालिकाको भुल्के, साउने, खाँबु, पोर्ताह, लक्ष्मीपुर,  कालीखोला, जोगिदह, श्रीपुर, मोहनपुर, लालपतालगायतका क्षेत्रमा बढी चैते धान विस्तार भएको केन्द्रका कृषि प्राविधिक अधिकृत अम्बिका भट्टराईले बताए ।

कटारी नगरपालिकाको रिस्कु, सोमबारे, मरुवासहित बेलका नगरपालिकाको रातापानी, लालसिसुवा, सेतीखोला क्षेत्रमा चैते धानखेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, बसाहा क्षेत्रसहित पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको मुर्कची, पुवाँरे, भुटार, आपटार क्षेत्रमा चैते धानखेती विस्तार भएको छ ।

यसैगरी उदयपुरगढीको भलायाडाँडा, डुम्रे, दनुवारबेँसीसहित लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लिछा, बासबोटे क्षेत्रमा समेत यसपटक खेती विस्तार भएको ज्ञान केन्द्रले जनाएको छ ।

खोलानाला, नदी किनार क्षेत्रको सिँचाइ पुग्ने खेतसहित सिमखेतमा धानखेती हुने गरेको र वर्षेनी विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माले बताए ।

उनकाअनुसार चार वर्षअघिसम्म जिल्लामा ५०० देखि ७०० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको भए पनि अहिले कृषक यसतर्फ आकर्षित भएसँगै एक हजार ५५५ हेक्टरमा खेती विस्तार भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १० : १८ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु