अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव, रात्रिकालीन कर्फ्यू जारी « Khabarhub

अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव, रात्रिकालीन कर्फ्यू जारी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीको गोली लागी एक अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव भएको छ ।

मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा गत आइतबार प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

सो घटनालगत्तै भएका प्रदर्शनले उग्र रूप लिएपछि अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयासमा अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड प्रहार गरेको छ ।

त्यसक्रममा प्रदर्शनकारीले कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि हानेका थिए । त्यहाँ लुटपाट पनि मच्चिएको विवरणहरू सार्वजनिक भएको छ ।

राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहार दुखद भएको भन्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ४५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका