पत्रकार माधवप्रसाद गुरागाइँमाथि कुटपिट « Khabarhub

पत्रकार माधवप्रसाद गुरागाइँमाथि कुटपिट


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधिन ‘काठमाडौँ भ्यू टावर’ का ठेकेदारसहितको टोलीले पत्रकार माधवप्रसाद गुरागाइँलाई कुटपिट गरेको छ । गुरागाइँ नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी हुन् ।

सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण, पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको, हेमचन्दलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको बारे रिर्पोटिङ्ग गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र मनोजका सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरिएको पीडित गुरागाइँले बताए ।

कुटपिटको घटनाको भत्सना गर्दै गुरागाइँ आबद्ध सञ्चार संस्था नेपाल आज प्रालीले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आक्रमणसँगै उनीहरुले भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेको बताएका छन् ।

घटनाको विषयमा सोमबारै प्रहरी परिसर टेकुमा उजुरी दिएको गुरागाइँले बताए । प्रहरीका अनुसार संलग्न तीनै जना मोवाईल स्वीच अफ गरी फरार छन् । उनीहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन, क्षती भएको सञ्चार उपकरणको उचित क्षतिपुर्ति दिलाउन र ज्यान मार्ने धम्की दिनेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न नेपाल आज प्रालीले माग गरेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : १६ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार