कफी पिउने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम | Khabarhub Khabarhub

कफी पिउने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चियाका अम्मली जस्तै हुन् कफीका पारखिहरु । शहरतिर क्याफेमा बसेर कफीको चुस्किसँगै गफ गर्नुको मज्जै बेग्लै हुन्छ । तर कफी हाम्रो स्वास्थ्यकालागी फाइदाजनक छ त ?

कुनै पनि चिजको बढि उपयोग गरे यसको हानी हुनु स्वभाविक हो । कफी पनि यस्तैमा पर्दछ । कफीको अत्यधिक सेवन गरे यसले हानी पुर्‍याउँछ । तर निश्चित मात्रामा कफीको सेवन गरे यसले केही लाभ भने पुर्याउँछ ।

जर्नल अफ द नेसनल क्यान्सर इन्सन्टिच्युटको एउटा अध्ययन प्रतिवेदनमा कफीको यस्तै एक लाभबारे दाबी गरिएको छ । अध्ययनमा दिनहुँ चार कपसम्म कफी खाने गरे छालाको क्यान्सरबाट बच्न सकिने तथ्य आएको छ । यद्यपि यो प्रारम्भिक तथ्य मात्र थियो ।

अध्ययनमा दिनहुँ कफी खाने ४ लाख ४७ हजार ३ सय ५७ व्यक्तिको स्वास्थ्यलाई निरन्तर एक दशकसम्म निगरानी गर्दा कफी खाने व्यक्तिमा छालाको क्यान्सरको जोखिम कम रहेको देखिएको थियो । अर्थात्, दिनहुँ चार कपसम्म कफी खाने व्यक्तिहरूमा छालाको क्यान्सरको जोखिम २० प्रतिशतसम्म कम देखियो ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ४४ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।