‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को तयारी « Khabarhub

‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को तयारी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी जेठ २२ गते पोखरामा ‘हेरिटेज अफ फेसन नेपाल सिजन २’ हुने भएको छ । दुबई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने फेसन शोलाई सभ्य र भव्य बनाउने आयोजक संस्था असाप इन्टरटेनमेन्टका सन्तोष अधिकारीले बताए ।

अधिकारी अष्ट्रेलियाको सम्पुर्ण तयारी सकेर नेपाल फर्किसकेका छन् । उनले नेपालमा पनि दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागितामा उत्कृष्ट कार्यक्रम गरिने दाबी गरे ।

यसअघि मार्च १५ मा यो कार्यक्रम गरिने भनिएपनि कोरोनाका कारण सारिएको थियो । कार्यक्रमका लागि केहीदिन अघि काठमाडौंमा आयोजित मिट एण्ड ग्रीटमा अभिनेता प्रशान्त ताम्राकार, अपर्ण थापा, सन्दीप क्षेत्री, अभिनेत्री बेनिशा हमाल, निर्देशक दीपेन्द्र के खनाल, देवकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

अधिकारी फिल्म ‘आमा’ र ‘घर’का सह–निर्माता हुन् । उनी निर्माता भएको नयाँ फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ३० बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको