एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना, यस्ता छन् अफर | Khabarhub Khabarhub

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना, यस्ता छन् अफर


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्ष २०७८ का अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन्।

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सोभन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन्। यो योजनाअन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागू हुनेछ। ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना आज मंगलबारदेखि सञ्चालनमा आएको छ।

डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि १ दिनसम्मका विभिन्न डेटा प्याकहरुमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन्। यो आकर्षक योजनाअन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डेटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन्।

ग्राहकले यो योजनाअन्तर्गत मात्र रु. ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डेटाको मजा लिन सक्छन्। बोनस डेटा पनि ३० दिनको लागि मान्य रहनेछ। त्यस्तै रु. १३९ मा १४ दिन समयसीमा रहेको २ जीबी डेटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डेटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन्।

त्यस्तै ३ दिन समयसीमा रहेको ४०० एमबी डेटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकमा पनि डबल डेटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डेटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन्।

१ दिनको समयसिमा रहेको १५० एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजनाअन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ। यसका साथै डेटा सापटी सेवा अन्तर्गत रु. ४० मा ३०० एमबी डेटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६०० एमबी डेटाको मजा लिन सक्छन्।

यतिमात्र हैन नयाँ वर्षको यो योजनाअन्तर्गत रु. ५० वा सोभन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डेटाले यस योजनालाई थप आकर्षक बनाएको छ। रु. ५० देखि रु. ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि रु ५० एमबी बोनस डेटा प्राप्त गर्दछन्। बोनस डेटा १ दिनका लागि मान्य रहनेछ।

त्यसैगरी रु. १०० देखि रु. १९९, रु. २०० देखि रु. २९९, रु. ३०० देखि रु. ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमशः रु. १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन्।

त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा रु १००० वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा यो योजनाअन्तर्गत बोनसस्वरुप प्राप्त गर्दछन्।

नयाँ वर्षका अवसरमा आफ्ना ग्राहकका लागि उही शुल्कमा डबल डेटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसी रहेको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गतको डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटाले ग्राहकको सञ्चारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथीभमाइसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वा एस्ट्रिक्स १७१२३एस्ट्रिक्स ७८ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन्। यो योजना वैशाख १४ सम्म सञ्चालनमा रहनेछ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  १२ : ११ बजे

प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा राणा

सुदूरपश्चिम– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको

‘अग्निदहन’का धामी माओत्से भन्छन्– बुवा पनि झारफुक गर्नुहुन्थ्यो

काठमाडौं- कलाकार माओत्से गुरुङ अभिनित फिल्म ‘अग्निदहन’ मंसिर ७ गतेबाट प्रदर्शनमा

उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना

काठमाडौं– आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आज ३८ वटा निर्वाचन

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ : अध्यक्ष डा राउत

झापा– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत

यी हुन् उपनिर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका उम्मेदवार 

काठमाडौं– नेपाली कांग्रेसले मंसिर १६ मा हुन लागेको स्थानीय तह